Comments Add Comment

हृयाम्वर्गले उचाल्यो एनआरएन जर्मनी कपको उपाधि


२१ जून, बार्सिलोना । एनआरएनए जर्मनी कप २०१७ को उपाधि हृयाम्वर्गको टीमले जितेको छ ।

फाईनल खेलमा म्युनिखको टोलीलाई २-१ ले पराजित गर्दै हृयाम्वर्गले उपाधि उचालेको हो । बिभिन्न ८ समुहमा रहेका नेपाली टोलीबीच खेलमा कडा प्रतिस्पर्धा भएको थियो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीको आयोजना तथा एलसीसी हृयाम्वर्गको संयोजनमा मंगलबार सम्पन्न प्रतियोगितामा नेपाली समुदायको बाक्लो उपस्थिति रहृयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गैर आवासीय नेपाली संघका पुर्ब अध्यक्ष एबम् प्रमुख संरक्षक जीवा लामिछानेले खेलको माध्यमबाट युवाहरुलाई एकै ठाउँमा जोड्ने काम एनआरएनले गरेको भन्दै खुशी ब्यक्त गरे । उनले भने, ‘बिगतका केही वर्षहरुदेखि जर्मनीमा यस्ता किसिमका प्रतियोगिताहरु हुँदै आएका छन् । यसले युवाहरुमा झनै उत्साह बढेको छ । आउँदा दिनमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउन सकोस् शुभकामाना ब्यक्त गर्दछु ।’

बिशेष अतिथिको रुपमा सहभागी संघका केन्ऽीय उपाध्यक्ष कुमार पन्तले संसारभर रहेका एनआरएनका राष्ट्रिय समन्वय परिषदहरुले खेलकुदलाई प्राथमिकता दिदै यस्तै किसिमका प्रतियोगिताहरु आयोजना गर्नु पर्नेमा जोड दिए ।

यस्तै जर्मनी भ्रमणमा रहेका कान्तिपुर पब्लिकेसनका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले खेलको माध्यमबाट नेपाली युवाहरुलाई अझ सफल ढंगले एनआरएनले जोड्न सकोस् भन्दै शुभकामना ब्यक्त गरे ।

राष्ट्रिय समन्वय परिषदका अध्यक्ष नवराज रोस्याराले गैर आबासीय नेपालीहरुवीच आत्मियता,सद्भाव र भातृत्वको बिकासका लागि जर्मनीमा केही वर्ष अघि देखि प्रतियोगिता आयोजना हुँदै आएको बताए ।

अध्यक्ष रोस्याराले हृयाम्वर्गमा सम्पन्न प्रतियोगिताको सफल संयोजन भएको भन्दै उल्लेख्य रुपमा नेपालीको उपस्थितीले आफूहरुलाई झनै हौसला बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment