Comments Add Comment

राप्रपाका वरिष्ट नेता राणाले प्रधानमन्त्रीलार्इ भेटे

८ असार, काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले बिहीबार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको सो भेटका क्रममा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो ।

दोस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनको तयारी र प्रदेश नं २ मा असोज २ मा गरिने निर्वाचनबारे दुई नेताबीच छलफल भएको पार्टीका नेता राजाराम श्रेठले जानकारी दिए ।

उक्त भेटमा संविधानमा निर्धारित समयसीमाभित्र प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न वरिष्ठ नेता राणाले प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment