‘दबंग ब्वाई’ सलमान खानले एक दिनमा कति कमाई गर्छन् ? यसको जबाफ दिन उनले बर्षभर अभिनय गर्ने फिल्मको औसत हिसाब निकाल्नु हुन्छ होला । साथै, अतिरिक्त कमाईको स्रोत खोज्नुहुन्छ होला ।
सलमान खानको कमाईको मूल आधार फिल्म नै हो । उनले अभिनय गरे बापत प्राप्त गर्ने पारिश्रमिकको हिस्सा ठूलो छ । त्यस्तै उनी फिल्म निर्माण पनि गर्छन् । त्यसबाहेक आफ्ना कम्पनी, विज्ञापन आदिबाट सलमानले आर्जन गर्छन् ।
फ्याट्टै भनिहालौं, यसरी विभिन्न रुपमा उनले लगभग भारु ६६ लाख कमाउँछन् । यो उनको एक दिनको कमाई हो । एक महिनामा भारु १९ दशमलव ८३ करोड रुपैयाँ कमाउँछन् ।
अघिल्लो बर्ष अर्थात २०१६ देखि २०१७ को बीचमा उनले कमाएको कुल पैसाको आधारमा उक्त हिसाब निस्किएको हो । उनले यस अवधीमा अर्थात एक बर्षमा करिब ३७ मिलियन डलर कमाएका थिए । कमाईको सूची सार्वजनिक गर्ने सबैभन्दा विश्वसनिय पत्रिका ‘फोब्र्स’ले यो तथ्य जारी गरेको हो ।
फोब्र्सका अनुसार सलमानभन्दा बलिउड बादशाह शाहरुख अधिक कमाई गर्छन् । दुई खानलाई अक्षय कुमारले पच्छ्याएका छन् । सर्बाधिक कमाई गर्ने विश्वको सेलिब्रेटीमा सलमान ७१ औं नम्बरमा छन् । उनी शाहरुख भन्दा ६ स्थान तल छन् ।
शाहरुखले एक दिनमा भारु ६७ लाख रुपैयाँ कमाई गर्छन् । हरेक महिना उनको आम्दानी भारु २१ करोड रुपैयाँ छ ।
सलमान खान सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि अग्रसर छन् । उनी आफ्नो ब्रान्ड बिइङ ह्युमनको कमाईको ठूलो हिस्सा सामाजिक सेवामा खर्चन्छन् । उनको द सलमान खान फाउन्डेसन छ, जो मनधाना इन्डस्ट्रीज लिमिटेडसँग बीइङ ह्युमन ब्रान्डको लुगाको व्यवसाय गर्छ ।
सलमानको १० फिल्म जसले तोडे बक्सअफिस रेकर्ड
१. सुल्तान
सार्वजनिक- २०१६
कमाई- ३००.४५ डलर
२. प्रेम रतन धन पायो
सार्वजनिक- २०१५
कमाई-२१३ करोड
३. बजरंगी भाईजान
सार्बजनिक- २०१५
कमाई- ३२१ करोड
४. किक
सार्वजनिक- २०१४
कमाई- २३३ करोड
५. जय हो
सार्वजनिक-२०१४
कमाई- ११२ करोड
६. दबंग-२
सार्वजनिक- २०१२
कमाई-१५४ करोड
७. एक था टाइगर
सार्वजनिक- २०१२
कमाई-१९९ करोड
८. बडीगार्ड
सार्वजनिक- २०११
कमाई-१४५ करोड
९. रेडी
सार्वजनिक- २०११
कमाई-१२० करोड
१०. दबंग
सार्वजनिक २०१०
कमाई- १४१ करोड
प्रतिक्रिया 4