Comments Add Comment

श्रममन्त्रीले भने-कतारमा नेपालीलाई समस्या भएको छैन

९ असार, काठमाडौं । श्रममन्त्री फरमुल्लाह मन्सुरले कतारमा विकसित पछिल्लो घटनाक्रमले त्यहाँ कार्यरत नेपालीलाई कुनै असर नगरेको बताएका छन् ।

कतारको पछिल्लो अवस्थाबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत प्रभावकारी रुपमा वि्रफिङ गरेको उनले बताए ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री मन्सुरले रोजगारीको सिलसिलामा कतारमा रहेका ४ लाख नेपाली कामदारबारे आफूले सम्पूर्ण जानकारी लिएको बताए ।

आफूले कतारका लागि नेपाली राजदूतसँग कूरा गरेको भन्दै उनले भने, ‘त्यहाँ जुन विकसित स्थिति छ, त्यसले नेपालीको रोजगार र पेशा व्यवसाय केही फरक पार्दैन, कतार आँफैमा दक्ष र सक्षम छ भनेर जवाफ दिनुभएको छ ।’

उनले अघि भने, कतारले पनि अन्य असन्तुष्ट मुलुकसँग वार्ता गरिरहेको छ, चाँडै समस्या समाधान हुने कुरा बुझिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment