Comments Add Comment

सीमा नाका आजदेखि बन्द, चुनाव सकिएपछि मात्रै खुल्ने

१२ असार, मोरङ । नेपाल–भारतको सीमा नाका आज बिहानदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

असार १४ गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी भारतको सुपौंलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच छलफल गरी तीन दिनका लागि सीमा नाका बन्द गरिएको र असार १५ गतेदेखि पूर्ववत् रुपमा सीमा नाका सुचारु हुने मोरङका प्रजिअ यज्ञराज कोइरालाले जानकारी दिए ।

शान्ति सुरक्षालाई मध्य नजर गरी आपराधिक घटना हुन नदिने उद्देश्यले दुवैतर्फ सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा व्यवस्थासमेत मिलाउने सहमति भएको प्रजिअ कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment