Comments Add Comment

प्रदेश नम्बर ७ मा कांग्रेस-एमाले टक्कर, कसको कहाँ अग्रता ? (सूचीसहित)

१५ असार,काठमाडौं । प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये अछाम बाहेक अन्य जिल्लाामा मतगणना शुरु भएको छ ।

मतगणनाको प्रारम्भिक रुझानमा कांग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । माओवादी र फोरम लोकतान्त्रिक तेस्रो स्थानका लागि प्रतिस्पर्धामा छन् ।

अनलाइनखबरलाई प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार बझाङ र बाजुरामा एमालेले अग्रता लिएको छ । डोटीमा कांग्रेस अगाडि छ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् ।

कांग्रेसले अग्रता लिएका स्थानीय तह

बाजुरा
बडिमालिका नगरपालिका
बुढीनन्दा नगरपालिका
त्रिवेणी नगरपालिका

डोटी
दिपायल सिलगढी नगरपालिका
शिखर नगरपालिका
केआइ सिंह गाउँपालिका

डडेलधुरा
गन्यापधुरा गाउँपालिका

वैतडी
मेलौली नगरपालिका
पुर्चौडी गाउँपालिका


कञ्चनपुर
महाकाली नगरपालिका
पुनर्वास नगरपालिका

कैलाली
जानकी गाउँपालिका

एमालेले अग्रता लिएका स्थानीय तह

बाजुरा
छेडेदह गाउँपालिका
गैमुल गाउँपालिका
पाण्डपगुफा गाउँपालिका

बझाङ
मस्टा गाउँपालिका
बित्थडचीड गाउँपालिका
काँडा गाउँपालिका
दुर्गास्थली गाउँपालिका

बैतडी
पश्चेश्वर गाउँपालिका
शिवनाथ गाउँपालिका

दार्चुला
लेकम गाउँपालिका

कन्चनपुर
बेलडाडी नगरपालिका

डोटी

आदर्श गाउँपालिका

माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तह

डडेलधुरा

अजयमेरु गाउँपालिका

दार्चुला

मार्मा गाउँपालिका

फोरम लोकतान्त्रिकले अग्रता लिएका स्थानीय तह

कैलाली
टिकापुर नगरपालिका

राप्रपाले अग्रता लिएका स्थानीय तह

बैतडी
दशरथ चन्द नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment