नायिका कट्रिना कैफ र नायक रणवीर कपुरविच व्रेकअप भएपछि नायिका करिना कपुर र कट्रिनाको सम्बन्ध पनि विग्रिएको चर्चा चलिरहेको छ । करिना रणवीर र कट्रिनाको बिहे होस् भन्ने चाहन्थिन् । तर, अहिले यो जोडी अलग भैसकेको छ ।
तर, वुधबार बेलुकी आयोजित डिजाइनर मनिष मल्होत्राको पार्टीमा भने यी दुइले एक अर्कासँग आत्मियताका साथ कुराकानी गरेका छन् । भारतीय मिडियाका अनुसार कैफ र कपुरविच रमाइलो कुराकानी भएको थियो ।
करिनाले कट्रिनालाई उनको नयाँ चलचित्र ‘जग्गा जासुस’को सफलतका लागि शुभकामना दिएकी थिइन् । पार्टीमा पुग्ने वित्तिकै करिनाले कट्रिनालाई अंकमाल गरेकी थिइन् ।
उनीहरुविच चलचित्रको बारेमा केही समय कुराकानी भयो । तर, छोरा घरमै छाडेर पार्टीमा पुगेका कारण करिना चाडै नै निस्किएकी थिइन् । रणवीरसँग व्रेकअप भएपनि यसको असर कट्रिना र करिनाको मित्रतामा देखिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4