Comments Add Comment

तब्बुले बल्ल खोलिन् अहिलेसम्म अविवाहित हुनुको रहस्य

बलिउडमा तब्बुले २३ वर्ष बिताइसकेकी छिन् । उनको उमेर कम्तिमा पनि ४५ वर्ष पुगेको हुनुपर्छ । तर, अहिलेसम्म उनी अविवाहित नै छिन् ।

यौवनकालमा तब्बुको धेरै जनासँग अफेयर नरहेको होइन । तर, कसैसँग पनि उनले विहे गरिनन् । यसरी अहिलेसम्म सिंगल नै रहनुको कारण उनले हालै एक अन्तरवार्तामा मजाकिलो पाराले दिएकी छिन् । उनले आफू अजय देवगणका कारण अहिलेसम्म अविवाहित रहेको खुलासा गरिन् ।

तब्बुले भनिन्, ‘मेरो कजिन समीर आर्या र अजय देवगण छिमेकी थिए । उनीहरु दुवै ममाथि नजर राख्थे र मलाई फलो गर्थे । कुनै पनि केटा मेरो छेउछाउ देखियो भने मात्र पनि दुवै मिलेर उसको पिटाई गर्थे । त्यसैले कोही पनि केटा मेरो जीवनमा आउनै पाएन ।’

तब्बुले अगाडि भनिन्, ‘म अजयलाई भन्थेँ कि मेरो लागि विहे गर्न लायक एउटा केटा खोजिदेउ । तर, उसले यो काम गरेन । मलाई लाग्छ उसलाई अहिले यो कुराको पक्कै अफसोस छ ।’

अन्तरवार्तामा तब्बुले अजयको खुलेर तारिफ गरिन् । उनले भनिन्, ‘मेरो र अजयको सम्वन्ध एकदम बलियो छ किनकी हामी दुवैले थुप्रै फिल्महरुमा सँगै काम गरेका छौं । अजय अत्यन्त प्रोएक्टिभ छ । उ साथमा रहेको बेला जो कोही पनि तनावमुक्त हुन्छ । हाम्रो सम्वन्ध विशेष प्रकारको छ ।’

आफ्नो करिअरको विषयमा तब्बुले भनिन्, ‘म अब कुनै पनि रोनाधोनाबाला भूमिकामा अभिनय गर्न चाहन्न । मेरा फ्यानहरु मलाई कमेडी फिल्ममा हेर्न चाहन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment