Comments Add Comment

उदयपुरका १३ वडाको मतगणना सकिँदा एमाले पहिलो, माओवादी दोस्रो

ताप्ली गाउँपालिकामा मतगणना सकिए पनि कांग्रेसको असन्तुष्टिपछि अवरुद्ध

१६ असार, गार्इघाट । उदयपुर जिल्लाका ८ स्थानीय तहमा हालसम्म १३ वडाको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमाले अगाडि देखिएको छ । एमालेले ७ वडा जितेको छ भने माओवादी केन्द्रले ५ र नेपाली कांग्रेसले एक वडा जितेका छन् ।

एमालेबाट निर्वाचित हुने वडाध्यक्षहरुमा रौतामाई गाउँपालिका वडा नं. १ मा रुद्रबहादुर कार्की, ३ मा दुर्गाराज खड्का, ५ मा पाण्डव राई, ६ मा चन्द्र मगर छन् । त्यस्तै, ताप्ली गाउँपालिका वडा नं. १ मा गोविन्दविक्रम सेन, २ मा धर्मध्वज राई, ३ मा गंगबहादुर तामाङ, उदयपुरगढी गाउँपालिका वडा नं. २ मा इन्द्रबहादुर राउत, कटारी नगरपालिका वडा नं. १४ मा तेजबहादुर आले मगर, सुनकोसी गाउँपालिका ५ मा शेखर खड्का प्यानलसहित विजयी भएका छन् ।

त्यस्तै, माओवादी केन्द्रको तर्फबाट ताप्ली गाउँपालिका वडा नं. ४ मा चित्रबहादुर मगर, ५ मा फत्तबहादुर ज्युठकुरी, सुनकोसी १ मा भीम किराँती, रौतामाई ६ मा केशव रानामगर र त्रियुगा नगरपालिका १६ मा मानबहादुर राई विजयी भएका छन् । चौदण्डीगढी नगरपालिका वडा नं. १ काे अध्यक्षमा भने कांग्रेसका रोहितमान तामाङ विजयी भएका छन् ।

मतगणना जारी रहेका ठाउँहरूमध्ये रौतामाईमा एमालेका अध्यक्ष गजेन्द्रबहादुर खड्का अग्रस्थानमा छन् ।

उता, ताप्ली गाउँपालिकामा मतगणना सम्पन्न भए पनि कांग्रेसले असन्तुष्टि पाेख्दै घोषणा गर्न नदिएका कारण परिणाम सार्वजनिक हुन सकेकाे छैन । साे गाउँपालिकाकाे अध्यक्षमा एमालेका उम्मेदवार उद्धवसिंह थापाले बढी मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment