Comments Add Comment

रुपन्देहीका दुई वडामा फोरम नेपाल विजयी

१६ असार, बुटवल । रुपन्देही जिल्लाको दुई स्थानीय तहका दुई वटामा फोरम नेपाल विजयी भएका छन् । रोहिणी गाउँपालिकाको वडा नम्बर २ र मर्चवारी गाउँपालिकाको वडा नम्बर २ मा फोरम नेपाल विजयी भएको हो ।

रोहिणी गाउँपालिकास्थित पोकरभिण्डीको वडा अध्यक्षमा फोरम नेपालका सरोज कुमार पान्डे र मर्चवारी गाउँपालिका अमवाको वडा अध्यक्षमा सुरेन्द्र नाथ मिश्रा प्यानलसहित विजयी भएका हुन् ।

राजपाको तर्फबाट २ सय ८० मत ल्याएका स्वतन्त्र उम्मेदवार शशिदयाल कुर्मीलाई सुरेन्द्रनाथले पराजित गरेको फोरम नेपाल रुपन्देहीका सहइन्चार्ज रामु यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment