चीनको चोंगक्विङ सहरमा एक पाँचतले घरको तस्वीर सोसल मिडियामा भाइरल भएको छ अहिले । यो भवनको छतमाथि गाडी गुड्ने सडक छ र छतबाटै गाडीहरु हुइँकिन्छन् ।
यो भवनको छतमा दुई लेनको सडक रहेको छ र यतिमात्र होइन घरको छतमै फुटपाथ पनि छ र रुखबिरुवा पनि छन् सडक किनारामा ।
भवनको भुइँतालामा विभिन्न पसलहरु छन् भने केही अन्य तलाहरुमा कार पार्किङ रहेको छ ।
चीनमा जे पनि सम्भव छ भन्ने कुरा यो छते सडकले देखाएको भन्दै सोसल मिडियामा यसको खुबै चर्चा भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4