Comments Add Comment

कपिलवस्तुको शिवराज नगरपालिकामा एमाले विजयी

२० असार, कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिकाको मेयरमा एमाले उम्मेदवार नेत्रराज अधिकारी विजयी भएका छन् । कुल गणना भएको २४ हजार ६ सय ३५ मतमध्ये ६ हजार १ सय ५५ मत पक्षमा पारेर अधिकारी मेयर बनेका हुन् ।

उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कृष्णकुमार चौधरी ४ हजार ७ सय ४२ मत ल्याएर पराजित भए ।

उपप्रमुख पनि एमालेले जितेको छ । २३ वर्षीया शिवकुमारी चौधरी ५ हजार ९ सय ६२ मत ल्याएर उपमेयर बेनकी हुन् । उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत पाएकी छन् ।

कुल ११ वटा वडा भएको शिवराजको वडा नं. १, ३, ४ र ५ एमालेले प्यानलसहित जितेको छ भने राजपाका स्वतन्त्र उम्मेदवारले वडा नं. ७ र १० जितेका छन् । जिल्लाकै सानो रोल्पा भनेर चिनिने वडा नं. ९ शिवगढीमा माओवादी केन्द्रले प्यानलसहित जित हात पारेको छ । वडा नं. ११ मा कांग्रेस, २ मा फोरम लोकतान्त्रिक, ६ र ८ मा फोरमले जित हात पारेको निर्वाचन अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् ।

यससंगै कपिलवस्तुका २ वटा स्थानमा एमालेले कब्जा जमाएको छ । यसअघि विजयनगर गाउँपालिकामा एमालेका गोपाल थापा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment