+
+

रक्सी पसलमा भालु पुगेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २१ गते ९:००

अमेरिकाको अलास्कामा एउटा भालु रक्सीको पसलमा पुगेको अनौठो घटना सार्वज्निक भएको छ । गत २९ जूनको हो यो घटना । एउटा भालु मदिरा पसलभित्र छिर्यो र यताउती केही खोज्न लाग्यो । रक्सी पसलभित्र छिरेर यताउति गरिरहेको भालुलाई उक्त पसलका एकजना स्टाफले देखेपछि सबैजनाले भालुलाई बाहिर खेदे ।

पसलका एक कर्मचारीले उक्त भालुको भिडियो फेसबुकमा राखेपछि त्यो भाइरल नै बन्यो । उनका अनुसार जब भालु दुकानभित्र छिर्यो उनलाई सुरुमा त्यो कुनै कुकुर जस्तो लाग्यो र खासै ध्यान दिएनन् । तर जब उनले पसल भित्र भालु कराएको आवाज सुने तब उनको सातोपुत्लो उड्यो । आफुले पहिलो चोटि भालुलाई त्यति नजिकबाट देखेको उनले बताए ।

स्थानीइ प्रहरीका अनुसार उक्त इलाकामा कुनै पसलमा भालु घुसेको यो पहिलो घटना हो । उक्त भालु खानेकुराको खोजीमा रक्सी पसल भित्र घुसेको हुनसकने अनुमान गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?