Comments Add Comment

एनआरएन स्पेनको अध्यक्षमा ३ जना भिड्दै

बार्सिलोना । एनआरएनए स्पेनको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । संघका संस्थापक सदस्य चिन्तामणि सापकोटा, पूर्व उपाध्यक्ष अर्जुन आचार्य र बर्तमान कार्यसमितिका उपाध्यक्ष गौतम गुरुङले मंगलबार निर्वाचन समितिमा मनोनयन दर्ता गराएका हुन् ।

नेपाली जनसम्पर्क समितिले आफ्ना संस्थापक अध्यक्ष सापकोटालाई चुनावी मैदानमा उतारेको छ ।

आचार्य नेपाली जनप्रगतिशील मञ्च स्पेनका महासचिव हुन् । यता अध्यक्षका अर्का दाबेदार गुरुङले भने आफू कुनै पार्टी विशेषको नभई स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको बताएका छन् ।

संघको पाँचौ अधिबेशनबाट नयाँ कार्यसमिति चयन गर्दा स्पेनको इतिहासमा नै पहिलो पटक एनआरएनमा निर्वाचन हुने देखिएको छ ।

नेपाली जनसम्पर्क समिति,प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्च स्पेनले समर्थन गरेका उम्मेदवारहरु नै मुख्य पदमा दाबी गरेका छन् ।

उपाध्यक्ष,महासचिव र सचिवमा उम्मेदवारहरुको भिड

यस पटकको अधिबेशनमा उपाध्यक्ष,महासचिव र सचिव पदका लागि उम्मेदवारहरुको भिड नै लागेको छ ।

दुई खुल्ला उपाध्यक्ष पदका लागि रोशन पाठक,सुनिल रानाभाट,दिलनाथ भण्डारी र पेशल कुमार कोईरालाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै महासचिव पदमा भने तीन जनाको उम्मेदवारी परेको छ । वर्तमान महासचिव उमेशप्रसाद अधिकारीले पुन दावी गरेका छन् भने कृष्णप्रसाद भुसाल र दीपक क्षत्रीको पनि उम्मेदवारी परेको छ ।

सचिवमा दिनेश कुमार गिरी, अशोक किरण न्यौपाने, तारानाथ अधिकारी र लोकबन्धु बस्नेतले मनोनयन दर्ता गरेका छन् । बिशाल ढुंगाना र अर्जुन पोख्रेल भने कोषाध्यक्ष पदमा भिड्दै छन् ।

निर्बिरोध को-को बने ?

संघको आगामी कार्यसमितिको महिला उपाध्यक्षमा सीता सिंह महर्जनको मात्र उम्मेदवारी परे पछि निर्बिरोध बनेकी छन् । युवा संयोजकमा रामचन्ऽ पौडेल र महिला संयोजकमा ऋतु ढुंगाना रेग्मीको एकल उम्मेदवारी परे पछि दुवै जना निर्बिरोध बने ।

यस्तै ११ जना मात्र सदस्यहरुले मनोनयन दर्ता गराए पछि सबै निर्बिरोध बनेका छन् ।

कार्यसमितिको सदस्यहरुमा प्रकाश तिमिल्सिना,सन्तोष पौडेल,किरण चालिसे (प्रकाश), ज्ञानबहादुर बस्नेत,नेहा शर्मा कंडेल,उमेश पुरी,सानु राउत,हिरालाल सापकोटा (डायमण्ड) , सरोज कंडेल, टिकाराम कंडेल (शास्त्री) र पशुपति कंडेल निर्बिरोध चयन भएका हुन् ।

आईसीसी सदस्यमा के भयो ?

गैर आवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्य पदका लागि मुक्तबहादुर गुरुङ र शालिकराम डुम्रेले उम्मेदवारी दर्ता गराएका छन् । तर, डुम्रेको आईसीसी सदस्य पदका लागि आबश्यक प्रक्रिया नपुगेको भन्दै निर्वाचन समितिले मनोनयन दर्ता खारेज गरेको छ ।

निर्वाचन समितिको प्रारम्भिक नामावली प्रकाशनको सूचनामा दुवै उम्मेदवारको नाम प्रकाशित भए पनि छानबिन पश्चात प्रकाशित नामावलिमा गुरुङको मात्र नाम उल्लेख गरिएको छ ।

संघको कार्यसमितिको सदस्यमा मनोनयन भएको केही महिना मात्र पुगेको भन्दै आईसीसीको उम्मेदवार बन्न योग्यता नरहेकोले उम्मेदवारी रद्द गरिएको निर्वाचन समितिका संयोजक हेम शेर्पाले जानकारी दिए । शेर्पाले भने,-”यो बारे बिबाद देखिए पछि तीन सदस्यीय निर्वाचन समितिमा दुई जनाले उम्मेदवारी रद्द गर्ने निर्णय गरेका हौ ।”

तर, निर्वाचन समितका उप-संयोजक बिनोद ढकालको निर्णयमा असहमति रहेको बुझिएको छ । उप-संयोजक ढकाल र सदस्य विनिता रेग्मी ढकालसँग यो बारे बुझ्न गरिएको सम्पर्क प्रयास भने असफल बन्यो । यता डुम्रेले छानबिनका लागि भन्दै निर्वाचन समितिमा निबेदन पेश गरेका छन् ।

आईसीसी सदस्य उम्मेदवार गुरुङ एनआरएनए स्पेनका बर्तमान अध्यक्ष हुन् भने डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका निर्वतमान अध्यक्ष हुन् ।

मतदान कहिले ?

संघको अधिबेशन आगामी जुलाई २३ तारिख बार्सिलोनामा हुँदै छ । निर्वाचन समितीले उम्मेदवारी फिर्ताको अन्तिम समय जुलाई ९ तारिखसम्मका लागि तोकेको छ ।

निर्वाचन गर्नु परेमा २१ तारिख क्षेत्रीय मतदान केन्ऽमा र जुलाई २३ तारिख केन्द्रीय मतदान केन्द्रमा मतदान हुने समितिको कार्यतालिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment