Comments Add Comment

प्रधानमन्त्री देउवाद्वारा सप्तरीका बाढी प्रभावित क्षेत्रको अवलोकन, राहतको घोषणा

२३ असार, सप्तरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । गृहमन्त्री जनार्दन शर्मालाई लिएर हेलिकोप्टरबाट आएका उनले बाढीपीडित परिवारलाई २५ हजारका दरले राहत दिने बताए ।

प्रधानमन्त्री देउवासहितको टोलीले तिरहुत गाउँपालिकाको लोहजारा बाँधको अवलोकन गरेको छ । महोली खोलाको बाढीले यो बाँध भत्काएको छ ।

बाढीपीडितलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार बाढी पीडितको साथमा रहेको बताए ।

उनले पीडितलाई खानाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिए ।

बाढीपीडित परिवारलाई २५ हजारका दरले राहत दिने र १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था मिलाउने प्रधानमन्त्री देउवाले बताएका छन् ।

गृहमन्त्री जनार्दन शर्माले सुरक्षा निकायले जहिले पनि अग्रपङ्तीमा बसेर काम गर्ने बताएका छ्न ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment