+
+

झापाको दमक नगरपालिकामा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २३ गते १५:०६

२३ असार, झापा । एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले जित हासिल गरेको छ ।

शुक्रबार दिउँसो सम्पन्न मतगणना अनुसार दमकको मेयरमा नेकपा एमालेका उम्मेदवार रोमनाथ ओली १० हजार ८०६ मतसहित विजयी भएका छन् । उनका निमटमत प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७६५५ र नेकपा माओवादी केन्द्रका गगन पुरीले ६८९८ मत पाए । त्यस्तै कांग्रेसका ढुण्डीराज पोखरेलले ५५३९ मत ल्याए ।

उपमेयरमा पनि एमालेकै गीता अधिकारी १२ हजार ६२५ मत ल्याए विजयी भइन् । उनले मेयरको तुलनामा करिव २ हजार मत बढी पाइन् ।

उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले ८९१२ मत ल्याइन् । राप्रपाकी रिता बस्नेतले ४४९८ मत ल्याइन् भने नेकपा माओवादी केन्द्रकी शान्ति धिमालले ४३७४ मत ल्याइन् ।

झापाका १५ स्थानीय तहमध्ये एमालेको यो छैटौं जित हो । अव झापाको मेची नगर र अर्जुनधारा नगरपालिकाको अन्तिम मत आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?