+
+

धनगढीमा एमाले रिङआउट ! मकैको बोटले कांग्रेसको रुखलाई छेक्न मुस्किल

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २३ गते १९:२३

२३ असार, धनगढी । धनगढी उपमहानगरको जारी मतगणनामा नेकपा एमाले र माओवादी केन्द्रको रिङआउट भएका छन् । स्वतन्त्र उम्मेदवार गोपाल हमालले कांग्रेसका नृप वडलाई पछ्याइरहेका छन् तर, भेट्टाउने सम्भावना कम देखिन्छ ।

अहिले वडा नम्बर ९ को मत गणना अन्तिम चरणमा पुगेको छ भने ११ र १२ नम्बर वडाको मतगणना जारी छ । १० नम्बर वडाको मतपेटिका खोल्न बाँकी छ ।

पछिल्लो मत अपेडट अनुसार कांग्रेसका उम्मेदवार वडले १८०० बढी मतको अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार नृपले १२ हजार ५६२ मत पाएका छन् भने गोपालले १०७२६ मत पाएका छन् ।

र, अब ५ हजार मत गणना हुन बाँकी छ र गोपाल हमालले भेट्टाउने सम्भावना कम लगभग छैन ।

एमाले र माओवादी रिङआउट

मत गणना अन्तिम चरणमा पुग्दा माओवादीले हार स्वीकार गरिसकेको छ भने एमालेको पनि सम्भावना छैन । माओवादीका मेयरका उम्मेदवार राम समझ रानाले अनलाइनखबरसँग भने, ‘अब हाम्रो सम्भावना रहेन भन्दा हुन्छ ।’

उनका अनुसार अपेक्षा गरिएका वडा १ र १९ मा माओवादीको भोट नै आएन । अब एमाले र माओवादीको प्रतिस्पर्धा तेस्रो स्थानका लागि सुरक्षित गर्न देखिन्छ ।

पछिल्लो अपडेट अनुसार माओवादी केही मतले तेस्रो स्थानमा छ । तर, उसले यसलाई कायम राख्न सक्छ कि सक्दैन भन्न गाह्रो छ । माओवादीले मेयरमा ८७४९ मत पाएको छ भने एमालेले ८७३३ मत पाएका छन् ।

माओवादीले वडा नम्बर १० र ११ नम्बर वडामा आश गरेको छ ।

गोपालले नृपलाई रोक्न मुस्किल

मकैको बोट चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीमा निकै राम्रो मत पाएका छन् ।

तर, कांग्रेसको संगठित मतका कारण उनले पाएको मत नृपलाई रोक्न पर्याप्त रहेन । गणना सकिएको १ देखि ८ र १३ देखि १९ वडाको मत विश्लेषण गर्दा स्वतन्त्र उम्मेदवार हमालले १, २, ३, ४ र ४ नम्बर वडामा लोभलाग्दो मत पाएका छन् ।

तर, कांग्रेस उम्मेदवार नृप ओडले १ मा गोपालले भन्दा पनि बढी मत पाएका छन् भने ५ मा पनि उनले भन्दा झण्डै सय मत मात्र कम पाएका छन् । २ नम्बर वडामा गोपालल नृपको अन्तर करिव ४ सय छ भने अन्य वडामा पनि पार्टीको मत केही मात्र गुमाएका छन् । यसका बाबजुद १ देखि ५ नम्बर वडामा समग्रमा गोपालले नृपले भन्दा करिव १८ बढी मत पाएका छन् ।

तर, बाँकी सबै वडामा नृप हावी भए । ६, ७, ८ का साथै १३ देखि १९ वडामा उनले गोपालले भन्दा धेरै मत पाएका छन् । यी वडाहरुमा गोपालले १ र १३ बाहेक अन्यमा ५०० मत पनि कटाएका छैनन् भने नृपले हरेक वडामा मकैको बोटले भन्दा बढी मत ल्याएका छन् । समग्र हिसावमा गोपालले ३६६७ मत पाउँदा नृपले ६५५७ मत पाएका छन् । यही मतले उनले गोपाललाई भेट्टाएनन्, मात्र हजार बढी मतको अग्रता समेत लिन सफल भएका छन् ।

अहिले गणना भइरहेको तर, औपचारिक घोषणा हुन बाँकी ९ नम्बर वडामा पनि नृप अगाडि छन् । १० र ११ मा माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि गोपालले मत सम्मानजनक मत पाउनेमा शंका छैन ।

तर, उनले पाउने मतले नृपले लिएको हजार बढी मतको लिडलाई भेट्टाएर जित्न गाह्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?