Comments Add Comment

०३० को दशकमा यस्तो थियो काठमाडौं

२३ असार, काठमाडौं । आजभन्दा ४० वर्षअघि काठमाडौं उपत्यकाको भौतिक अवस्था, सम्पदा र जीवनशैली कस्तो थियो ? अहिलेको अस्तव्यस्त र प्रदुषित काठमाडौं उपत्यका देख्दा विगतमा यो ठाउँ शान्त, सुकिलो र व्यवस्थित थियो भन्ने कुरा कतिपयलाई कहानी जस्तो लाग्न सक्छ ।

वरिष्ठ फोटोग्राफर मणि लामाले धेरैलाई कहानी जस्तो लाग्ने उपत्यकाको त्यही रुप सबैसामु ल्याएका छन् । लामाले ०३० को दशकमा काठमाडौं उपत्यकासहित नेपालका विभिन्न भागमा खिचेका तस्बिरहरुको प्रदर्शनी पाटनको यल मण्डलामा जारी छ ।

चार दशकदेखि फोटो खिच्दै आएका लामाले दस वर्षको अन्तरालमा फोटो प्रदर्शनी गरेका हुन् । जुलाई ३ मा सुरु भएको ‘इमेजेज अफ नेपाल’ नामक यो प्रदर्शनी जुलाई १५ सम्म चल्ने जनाइएको छ ।

प्रदर्शनीमा राखिएका तस्बिरहरु सबै श्यामश्वेत छन् । लामो समयसम्म टिक्ने र वस्तुस्थितिको यथार्थ झल्को आउने भएकाले तस्बिर श्यामश्वेतमा खिचिएको फोटोग्राफर लामाले बताए ।

काठमाडौंको बौद्धनाथमा जन्मिएका स्वतन्त्र फोटोग्राफर लामा ‘पोस्टकार्ड्स अफ नेपाल’ र ‘नेपालः द हिमालयन किङ्डम’ नामक फोटोग्राफी प्रोजेक्टका लागि परिचित छन् ।

प्रदर्शनीमा राखिएकामध्ये काठमाडौं उपत्यकाभित्रका केही तस्बिर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment