Comments Add Comment

११ शहरमा ‘प्रेमगीत २’को कन्सर्ट, प्रदिपसँग सेल्फी खिच्न यूवतीको भीड


साउन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत २’को एघार शहरको सांगीतिक कन्सर्ट सकिएको छ । दमौलीदेखि सुरु भएको कन्सर्ट पोखरा, नेपालगञ्ज, वुटवल, नारायणगढ, हेटौडा, विराटनगर, दमक, धरान, इटहरी हुँदै विर्तामोडमा पुगेर सकिएको छ । अब, काठमाण्डौ, ललितपुर र भक्तपुरमा कन्सर्ट आयोजना हुनेछ ।

निर्माता सन्तोष सेनले भने-‘हामी कन्सर्टको माध्यमबाट वास्तविक दर्शकमाझ पुग्न चाहन्थ्यौ । एघार शहरमा घुम्दा एउटै मन भएका दर्शक हामीले पायौ । दर्शकले प्रेमगीत २’बाट स्तरिय मनोरञ्जनको आशा गरेका छन् ।’ यो दौडका क्रममा नायक प्रदिप खड्कासँग सेल्फी खिच्न यूवतीहरुको भीड नै लाग्यो । प्रदिपसँग सेल्फी खिच्नका लागि यूवतीहरुले घन्टौ कुरेका थिए । प्रदिप भन्छन्-‘चलचित्रलाइ लिएर दर्शकमा निकै कौतुहलता छ । मलाई यसले थप माया र दायित्व बोध भएको महुशश गराएको छ ।’

चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गर्दै गरेकी नायिका अश्लेषा ठकुरी भन्छिन्-‘मेरा लागि यो जान्ने र सिक्ने मौका थियो । दर्शकले दिनुभएको मायाले निकै उत्साहित बनाएको छ ।’

नेपाल, म्यानमार, थाइल्याण्डमा खिचिएको यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । यसैविच, चलचित्रको कभर गीत प्रतियोगीताको समय असार २० बाट बढाएर असार २७ सम्म पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment