+
+

बीबीसीका पत्रकार नवीनसिं खड्कालाई नेपालीले सम्मान गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २५ गते १५:०५

९ जुलार्इ, बार्सिलोना । बीबीसी विश्व सेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खडका सम्मानित हुने भएका छन् ।

युरोपबाट संचालित अनलाईन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो बाषिर्कोत्सव समारोहमा पत्रकार खड्का सम्मानित हुने भएका हुन् ।

आगामी जुलाई २८ तारिख जर्मनीको प|mयांकर्फटमा एक भब्य समारोहबीच मिडियाले पत्रकार खडकालाई सम्मान गर्दै छ ।

यस अघि उनले काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको प्रोड्युसरको रुपमा काम गरेका थिए ।

बीबीसी विश्व सेवाको वातावरण संवाददाताको रुपमा खड्काले बीबीसी टेलिभिजन, अनलाईन र रेडियोका लागि थुप्रै ब्रेकिङ समाचार, फिचर तथा रिपोर्टहरु तयार पारेका छन् ।

उनले खासगरी हिमाली क्षेत्रको वातावरण र जलवायु परिवर्तनबाट त्यहाँका जनजीविकामा परिरहेको असरका बारे रिपोर्टहरु गर्ने गरेका छन् ।

गएको बीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर रिपोर्ट गरिसकेका खडकाले १५ वर्ष अघि बीबीसीमा काम गर्न शुरु गरेका हुन् ।

त्यसअघि उनले आठ वर्षसम्म काठमाडौंका सबैजसो प्रमुख अँग्रेजी अखबारहरु र रेडियो सगरमाथा लगायतका सञ्चार माध्यममा काम गरेका थिए ।

दक्षिण एसिया सम्बन्धी दुईवटा पुस्तकहरुमा उनका लेख प्रकाशित भएका छन् । त्यसबाहेक उनले थुप्रै पुरस्कार र फेलोसिपहरु पनि पाएका छन् ।

नेपालीनेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटले पत्रकार खडकालाई सम्मान गर्न पाउदा खुसी ब्यक्त गरे । उनले भने,’डायस्फोरावाट संचालित नेपाली अनलाईन मिडियाका गतिबिधिहरुमा अग्रजहरुको सहभागिताले अझ ठूलो हौसला र प्रेरेणा मिल्ने छ ।’

गत वर्ष मिडियाको कार्यक्रममा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्ऽ नेपाली सम्मानित भएका थिए ।

प|mयांकर्फटमा हुने कार्यक्रममा मिडियाले ‘युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती’ को बिषयमा पनि बृहत छलफल गर्ने भएको छ ।
बीबीसी नेपाली सेवाका भगीरथ योगी लगायत युरोपका सक्रिय पत्रकारहरुले सहभागिता जनाउदै छन् ।

एनआरएनको युरोपेली बैठक अगाडिको दिन कार्यक्रम भएको हुँदा नेपालबाट आउने बिशिष्ट पाहुनाहरु,अग्रज पत्रकारहरु तथा युरोपको नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ ।

नेपाली बालबालिकाहरु बारे बिशेष रिपोर्ट

यस्तै मिडियाले बिदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र सस्कृति सिकाउन प्रेरित गर्दै कार्यक्रमको पहिलो चरणमा बिशेष रिपोर्ट प्रस्तुत गर्दैछ । हाम्रो भाषा र संस्कृति,पहिचानको आधार स्तम्भ’ भन्दै युरोपभर नेपाली भाषा सिकाएका प्रयासहरुको बारेमा बिशेष रिपोर्ट प्रस्तुत गर्न लागेको हो ।

गैरआवासीय नेपाली संघका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको उक्त समारोहबाट प्रत्येक राष्ट्रिय समन्वय परिषदले कम्तीमा एउटा नेपाली भाषा कक्षा संचालन गर्न प्रेरित गरिने भएको छ ।

यस्तै मिडियाले हरेक वर्ष प्रदान गर्दै आएको ‘युरोप वर्ष व्यक्तित्व सम्मान’ बाट एक जना सामाजिक अभियन्तालाई समेत सम्मान गर्ने भएको छ । यस बारे मिडियाले सोहि दिन घोषणा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?