Comments Add Comment

निर्वाचन आयोगले भन्यो- असोज २ को चुनावमा राजपालार्इ छाता चुनाव चिन्ह दिन सकिन्न

२५ असारकाठमाडौं । निर्वाचन आयोगले असोज २ गते हुने चुनावमा राष्ट्रिय जनता पार्टी नेपाललाई नयाँ नयाँ चिह्न दिन नसकिने बताएको छ । अब उसले एकता प्रकियामा समेल ६ दल मध्ये कुनै एक दलको चुनाव चिन्ह लिनु पर्नेहुन्छ ।

निर्वाचन घोषणा भइसकेर दुई चरणको निर्वाचन सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिह्न लिएरनिर्वाचनमा जान सम्भव नभएको आयोगले जनाएको   राजपाले हालै मात्र दल दर्ताका लागि निवेदन दिएको छ ।

संविधानको धारा २६९  २७१ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललेमात्र स्थानीय तह निर्वाचन ऐन,२०७३ का आधारमा दलीय निर्वाचन चिह्न प्राप्त गर्न सक्ने प्रावधानरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए  उनले भने, ‘ अब नयाँ पार्टी दर्ता हुने अनिनयाँ पार्टीको चुनाव चिह्न मतपत्रमा छापेर पहिल्यै घोषणा भएको निर्वाचनमा प्रयोग गर्ने भन्ने कुरासम्भव छैन 

तत्कालीन मधेसी मोर्चामा रहेका ६ दलले वैशाख  गते एकता भएर राजपा नेपाल गठन गरेका थिए । संसदमा प्रतिनिधित्व गर्ने तराईमधेस लोकतान्त्रिक पार्टीसद्भावना पार्टीतराई मधेस सद्भावना पार्टी,राष्ट्रिय मधेस समाजवादी पार्टीनेपाल सद्भावना पार्टी  मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिकएकीकृत भएका हुन् 

राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको मितिले ४५ दिनभित्र दलदर्ताको टुङ्गो लगाउनुपर्ने कानुनी व्यवस्थानुसार राजपाले बुझाएको दलको घोषणापत्रविधानलगायतआवश्यक कागजातको अध्ययन भइरहेको आयोगले जनाएको   

राजपाले आफ्नो दलको चुनाव चिह्नछाता माग गरेको  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment