Comments Add Comment

वायन रुनी १३ वर्षपछि इभर्टन फर्कने पक्का

२५ असार, काठमाडौं । म्यानचेष्टर युनाइटेडका वायन रुनी १३ वर्षपछि इभर्टनमा फर्किएका छन् । ३१ वर्षीय रुनी युनाइटेडका कीर्तिमानी गोल स्कोरर हुन् । उनले ५५९ खेलमा २५३ गोल गरेका छन् ।

ओल्ड ट्रार्फडमा उनले पाँच पटक पि्रमियर लिग जित्नुका साथै च्याम्पियन्स लिग, युरोपा लिग र एफए कपको जिपाधि उचाले ।

अब उनी गोडिन्सन पार्क फर्किएका छन्, जहाँ उनले आफ्नो व्यवसायिक करियर सुरु गरेका थिए । उनले इभर्टनका लागि ७७ खेल खेलेका थिए र १७ गोल गरेका थिए ।

अहिले युनाइटेडले इभर्टनबाट लुकाकुलाई भित्र्याएको छ । बेल्जियमका लुकाकुलाई भित्र्याउन ७५ मिलियन पाउण्डको सम्झौतामा दुई क्लबले सहमति गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment