२५ असार, गुल्मी । सत्यवती गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका व्यक्तिहरुलाई घरघरमा परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुको स्वागत पछि बसेको बैठकले जिल्ला प्रशासन कार्यालय, महिला बालबालिका कार्यालय तथा जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरुलाई सहज र सरल ढंगले परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको हो ।
त्यस्तै सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन सम्बन्धित बैंकहरुसङ्ग समन्वय गरी झन्झटिलो मुक्त बनाउने निर्णय गरेको छ ।
अध्यक्ष, उपाध्यक्ष र ८ वटै वडाका वडा अध्यक्षहरु संलग्न कार्यपालिकाको बैठकले यस गाउँपालिकाका अधिकांश सर्वसाधारणले प्रयोग गर्ने रिडी रुऽवेणी सडक खण्डलाई कालोपत्रे गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय समेत गरेको छ ।
सत्यवती गाउँपालिकाको केन्ऽदेखि प्रत्येक वडाको केन्ऽसम्म पुग्ने मोटरबाटो बाह्रै महिना संचालन गर्न र दुर्घटना मुक्त बनाउनका लागि आवश्यक उपाय अबलम्बन गर्ने निर्णय गरेको छ ।
गाउँपालिकामा बैंकिङ्ग कारोबार गर्नका लागि त्यस अनुसारको सुविधा भएको बैंकको अभाव रहेकाले सरकारी कामकाज तथा सर्वसाधारणको बैंकिङ्ग कारोबारलाई सुरक्षित र सरल बनाउनका लागि गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय स्थापनाका लागि सम्बन्धित निकायमा माग गर्ने निर्णय गरेको सत्यवती गाउँपालिकाका कार्यकारी अधिकृत बिष्णुप्रसाद आचार्यले जानकारी दिए ।
गाउँ कार्यपालिकाको बैठक अघि भएको स्वागत कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पारिश्वर ढकालले गाउँपालिकाको विकास सबैको साझा विषय भएकाले सबैको सहकार्य तथा साथको जरुरी भएको बताए ।
प्रतिक्रिया 4