Comments Add Comment

ग्रीन टि सम्बन्धी सात भ्रमः यस्तो छ पिउने विधी


स्वास्थ्यको लागि होस् वा सौन्दर्यका लागि, मोटोपन घटाउन होस् वा मधुमेह नियन्त्रण गर्न, ग्रीन टि प्रभावकारी मानिएको छ । स्वास्थ्यप्रति सचेत जो कोहि अहिले ग्रीन टिमा लोभिएका छन् । तीतो, टर्रो स्वादको ग्रीन टि औषधिय गुणले भरिपूर्ण पेय हो । त्यसैले नियमित ग्रीन टि सेवन गर्दा शरीरको विकार हट्नुका साथै कतिपय रोगहरु लाग्न पाउँदैन ।

यद्यपी ग्रीन टिसँग जोडिएका कति भ्रम व्याप्त छन्, समाजमा । जस्तो कि, जति धेरै ग्रीन टि पिइन्छ, उत्तिनै राम्रो हो । यो भ्रम हो । यस्ता अरुपनि भ्रम छन् । ति के हुन् त ?

१.
भ्रम- ग्रीन टि जति धेरै पिइन्छ, उत्तिनै छिटो तौल घट्छ ।

सत्य- तौल घटाउनका लागि दिनमा तीन कप ग्रीन टि पर्याप्त हुन्छ । धेरै ग्रीन टि सेवन गर्दा टाउको दुख्ने वा पखला लाग्ने हुनसक्छ ।

२.
भ्रम- बिहान खाली पेट ग्रीन टि पिउनु फाइदाजनक हुन्छ ।

सत्य- ग्रीन टिमा क्याफिन हुन्छ । यसले खाली पेटमा पिउँदा एसिडिटी बढ्न सक्छ । त्यसैले सुरुमा एक गीलास मनतातो पानी पिइसकेपछि वा केहि खानेकुरा खाएपछि मात्र ग्रीन टि पिउनु बढी लाभदायक हुन्छ ।

३.
भ्रम- सामन्य चियाको तुलनामा ग्रीन टि पिउँदा निन्द्रमा कुनै असर गर्दैन ।

सत्य- ग्रीन टिको एक कपमा २५ मिलिग्राम क्याफिन हुन्छ । त्यसैले अत्याधिक ग्रीन टि सेवन गर्दा निन्द्रमा असर गर्न सक्छ ।

४.
भ्रम- एसिडिटीमा पनि ग्रीन टि पिउन सकिन्छ ।

सत्य- ग्रीन टिले पनि एसिडिटी बढाउने संभावना उत्तिनै हुन्छ, जो सामन्य चिया पिउँदा हुन्छ । यसैले दिनमा तीन वा चार कप भन्दा बढी ग्रीन टि पिउनु त्यती ठीक हुन्न ।
५.
भ्रम- गर्भावस्थामा ग्रीन टि पिउँदा बढी फाइदा गर्छ ।

सत्य- गर्भावस्थामा धेरै ग्रीन टि पिउनु सहि हुन्न । किनभने यसमा रहेको क्याफिनको कारण असर पर्न सक्छ ।

६.
भ्रम- ग्रीन टि जति पुरानो भयो, उत्तिनै फाइदाजनक हुन्छ ।

सत्य- ६ महिनाभन्दा बढी राख्दा ग्रीन टिमा रहेको एन्टिअक्सिडेन्टको शक्ति कम हुन्छ । त्यसैले यसलाई लामो समय राखेर पिउनुभन्दा ताजा पिउनु बढी प्रभावकारी हुन्छ ।


भ्रम- बजारमा पाइने सबै ग्रीन टिले प्रभावकारी काम गर्छ ।

सत्य- ग्रीन टिको प्रसोधन विधी एकै किसिमले गर्ने भएपनि त्यसलाई भन्डारण गर्ने, प्याकेजिङ गर्ने कुरामा एकरुपता हुँदैन । त्यसैले सबैमा समान गुण हुन्छ भन्ने हुँदैन । सकेसम्म प्याकेटको भन्दा खुला पाइने ताजा ग्रीन टि पिउनु राम्रो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment