Comments Add Comment

सिपोरासँग रमेशको प्रेम


भदौ २ गतेलाई प्रदर्शन मिति तोकेर चलचित्र ‘भूइँमान्छे’को निर्माणपक्ष अहिले प्रचारमा दौडिएको छ । चलचित्रको टिजर, ट्रेलरपछि अब एउटा रोमान्टिक गीत रिलिज गरिएको छ । ‘जीन्दगी एउटा गीत हो’ बोलको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार रमेश वुढाथोकी र नायिका सिपोरा गुरुङको प्रेमभाव देखाइएको छ ।

आफ्नै छिमेकी सिपोरासँग रमेशले प्रेम गर्न थालेको प्रसंगलाई चलचित्रको यो गीतमा प्रस्तुत गरिएको छ । प्रमोद खरेलको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, विदुर पाण्डेको छायांकन छ ।

शैली इन्टरटेन्मेन्ट एण्ड मुभिज प्रालि र शैली थिएटरको प्रस्तुतीमा तयार भएको यो चलचित्रले अस्पतालमा पोष्टमार्टम गर्ने मान्छेको कथा बोल्छ । दैनिक लास चिर्ने मान्छेको जीवन कस्तो हुन्छ ? उसलाई समाजले कसरी हेरेको हुन्छ ? उसको मनोविज्ञान कस्तो होला ? यीनै कुराहरुलाई चलचित्रमा समेटिएको छ । त्यतिमात्र नभएर, आफ्नो भब्य घरमा एक्लै वस्दै आएकी एउटी युवती, किन एक्लै वस्दै आएकी हो त ?

उसको जीवनमा के कस्ता आरोह अवरोह आईपर्छन् त , भन्ने कुरा पनि चलचित्रमा हेर्न पाईन्छ । चलचित्रलाई नवराज वुढाथोकीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment