Comments Add Comment

चुनाव र संविधान संशोधनबारे समिक्षा गर्न एमालेको स्थायी कमिटी बैठक बस्दै

२६ असार,काठमाडौं । चुनावी परिणामको समिक्षा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

दोस्रो चरणको चुनावी परिणाम लगत्तै सत्तापक्षले संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत पुर्‍याउने प्रयास गरिरहेका बेला एमाले छलफलमा जुटेको हो ।

सोमबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा चुनावको पनि समिक्षा हुने महासचिव इश्वर पोखरेलले बताए ।

एमालेले अन्तरघात र उम्मेदवारी चयनमा त्रुटी भएका कारण कम्तिमा ३० स्थानीय तहको प्रमुख गुमाउनु परेको प्रारम्भिक विश्लेषण गरेको छ ।

दोस्रो चरणको चुनावमा एमालेले १५० सिट जित्दा उपप्रमुख भने १७१ स्थानमा जितेको छ ।

एमाले अध्यक्ष केपी शर्मा अेालीले चुनावमा झापा,मोरङ,सुनसरी,भोजपुर लगायतका जिल्लामा अन्तरघातका कारण धेरै ठाउँमा चुनाव हार्नुपरेको भन्दै कारवाहीको चेतावनी दिइसकेका छन् ।

नवलपरासीको सुनवल,कपिलबस्तुको बाणगंगा लगायतका ठाउँमा पनि अन्तरघात भएको एमालेको प्रारम्भिक ठहर छ ।

चुनावको बिस्तृत समिक्षा पछि भए पनि परिणामको बारेमा छलफल हुने एमाले स्रोतले जनाएको छ ।

एमालेले स्थायी कमिटी बैठकबाटै संविधान संशोधनको बारेमा पनि आफ्नो अडान प्रष्ट पार्नेछ ।

एमालेले प्रदेश र संघीय संसदको चुनावका लागि तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment