Comments Add Comment

मिलनको फिल्ममा शिल्पा फाइनल, नायक-नायिकाको खोजी


यतिबेला नेपाली चलचित्र क्षेत्रमा निर्देशक मिलन चाम्स सवैभन्दा बढी व्यस्त छन् । ‘ह्याम्पी डेज र ब्लाइन्ड रक्स’ प्रदर्शनको तयारीमा राखेर मिलन ‘बोबी’ नामक चलचित्रको छायांकन गरिरहेका छन् ।

उनले ‘वीर विक्रम २’ बनाउने घोषणा पनि गरिसकेका छन् । अब, उनै मिलनले फेरि नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । मिलनले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘लिलिबिली’ राखिएको छ । तर, यो नाम पछि परिवर्तन हुने मिलनले बताए ।

यो चलचित्रका लागि मोडल शिल्पा मास्के फाइनल गरिएको छ । हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्जमा’मा काम गरिसकेकी शिल्पालाई फाइनल गरिएको मिलनले बताए । वेलायत र स्कटल्याण्डमा छायांकन हुने चलचित्रको बजेट २ करोड माथि बताइएको छ ।

चाम्स इन्टरटेन्मेन्ट, काफिया फिल्मस् र डेउ फिल्मस्को संयुक्त ब्यानरमा यो चलचित्र निर्माण हुनेछ । चलचित्रका लागि मुख्य भूमिकामा रहनेगरि नायक र नायिकाको खोजी गरिएको मिलनले बताए ।

उनले भने-‘हामीले लामो समयसम्म खोज्दा पनि नपाएपछि मिडियामार्फत अपिल गरेका हौ । चलचित्रमा अभिनय गर्न इच्छुक कसैले पनि हामीलाई सम्पर्क गर्न सक्नेछन् ।’

त्रिकोणात्मक प्रेमकथामा यो चलचित्र निर्माण हुने चाम्सको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment