+
+
Shares

वैदेशिक रोजगार विभागका नासु ६० हजार घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ८ गते १२:५५
Photo Credit : सांकेतिक तस्वीर/अनलाइनखबर ।

८ चैत, कात्तिक । वैदेशिक रोजगार विभागका नायब सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन् ।

वैदेशिक रोजगारको लेनलेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई धम्क्याएर ६० हजार रुपैयाँ घुस लिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले फुयाँललाई पक्राउ गरेको हो ।

साक्षी बसेका व्यक्तिलाई नासु फुयाँलले उजुरी परेको भन्दै पटकपटक कार्यालयमै बोलाएर घुस नदिए पक्राउ पूर्जी जारी गर्ने धम्की दिने गरेको उजुरी परेको थियो ।

नासु फुयाँलले घुसवापत लिएको रकम जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुब खड्कालाई राख्न दिएका थिए । सोही रकम फिर्ता लिने क्रममा दुबैजनालाई जोरपाटीचोकको सापकोटा मिठाई पसलबाट पक्राउ गरिएको अख्तियारको कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुबैजनाको थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?