Comments Add Comment

एनआरएए पोर्चुगलद्वारा सगरमाथा आरोही शेर्पालाई सम्मान

११ जुलाई, लिस्वन । गैरआवासीय नेपाली संघ पोर्चुगलले गत महिना विश्वको सर्वाेच्च शिखर सगरमाथा अरोहण गर्न सफल कामाछिरी शेर्पालाई सम्मान गरेको छ ।

बिगत दुई वर्षदेखि पोर्चुगलमा बसोवास गर्दै आएका उनलाई सफलताको कदर गर्दै राजधानी लिस्बोनमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।

गैरआवासीय नेपाली संघ पोर्चुगलले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्ष भिम केसी कमल, उपाध्यक्ष सुनिल सङ्गम लगायतले आफ्नो बिचार राखेका थिए भने आरोही शेर्पाले सगरमाथा अरोहण गर्दाका आफ्ना अनुभवहरु सुनाएका थिए ।

महासचिव सोम फुरी शेर्पाले सहजिकरण गरेको कार्यक्रममा अध्यक्ष केसी, उपाध्यक्ष सुनिल सङ्गम, सदस्य मुक्तिनारायण श्रेष्ठ लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment