Comments Add Comment

संसारकै शक्तिशाली महिलाका गुमनाम पति

जर्मन चान्सलरका पति, जो सधैं मिडियाबाट भागिरहन्छन्

संसारकै सबैभन्दा शक्तिशाली महिलाको रुपमा लिइन्छ जर्मन चान्सलर एन्जेला मर्केललाई । उनलाई श्रीमतीका रुपमा पाउने भाग्यमानी पुरुष को होलान् ? धेरैलाई कौतुहल लाग्न सक्छ ।

एन्जेलाका पति योआखिम जाउअर एक प्रोफेसर हुन् । उनलाई निकै कम मानिसहरुले चिन्छन्, किनकि उनी कहिले पनि चर्चामा आउन चाहेनन् । मिडियाबाट सधैं टाढै रहे ।

सन् २००७ मा जर्मनीले जी–८ को वैठकको आतिथ्य गर्दा वाशिंटन पोष्टले लेखेको थियो, ‘चान्सलर एन्जेला मर्केलको सबैभन्दा ठूलो उपलब्धि ग्लोबल वार्मिङ कम गर्नुसँग सम्वन्धित थिएन, न त रुससँगको तनाव कम गर्नु नै थियो । उनको सबैभन्दा ठूलो उपलब्धि त आफ्ना श्रीमान योआखिमलाई सम्मेलनमा सँगै आउनका लागि मनाउनु थियो ।’

श्रीमती एन्जेलाको विदेश भ्रमणमा योआखिम विरलै सहभागी हुन्छन् । पछिल्लो मेमा उनी श्रीमतीका साथ जी–७ सम्मेलनमा इटलीको ताओरमिनामा जानका लागि सहमत भएका थिए । त्यतिबेला जर्मनीकी प्रथम महिलाका साथ योआखिमको तस्वीर देशका अखबारका पानाहरुमा छाएको थियो ।

पछिल्लो दश वर्षदेखि एन्जेला सत्तामा छिन् र यो अवधिमा प्रोफेसर योआखिमले विरलै मिडियामा अन्तरवार्ता दिएका छन् । अन्तिमपटक जब उनले सार्वजनिकरुपमा केही बोलेका थिए, त्यसको विषय थियो, केमेष्ट्री । यो उनको प्रोफेसनसँग सम्वन्धित थियो ।

सन् २०१३ मा उनी समाचार एजेन्सी रोयटर्सलाई अन्तरवार्ता दिन तयार भएका थिए, तर उनको शर्त थियो कि केवल संगीत, र विशेषरुपमा जर्मन संगीतकार रिचर्ड भेनेगरको विषयमा कुरा गरौं ।

प्रोफेसर योआखिम हरेक वर्ष जर्मन म्युजिक फेस्टिबलमा सहभागी हुन्छन् । यो म्यूजिक फेस्टिबल रिचर्ड भेगनरको सम्झनामा नै मनाइन्छ । यही कारणले जर्मन मिडियाले प्रोफेसर योआखिमलाई ‘ओपेराको भूत’ को संज्ञा दिएका छन् ।

को हुन् याआखिम ?


६८ वर्षिय योआखिम जाउअर क्वान्टम केमिस्ट्रीका प्रोफेसर हुन् र बर्लिनको हमबोल्डट यूनिभर्सिटीमा पढाउछन् । यो त्यही यूनिभर्सिटी हो जहाँ उनले १९६७–७२ को बीचमा केमिस्ट्री पढेका थिए । सन् १९७४ मा उनले यहीँबाट केमिस्ट्रीमा विद्यावारिधि उपाधि हासिल गरे ।

सन् १९७७ सम्म उनले यहीँ रिसर्च गर्दैरहे र त्यसपछि उनी बर्लिनको सेन्ट्रल इन्स्टिच्यूट अफ फिजियोकेमिस्ट्रीमा आवद्ध भए । जर्मनीको एकीकरणपश्चात योआखिम केही समयका लागि अमेरिकामा पनि रहे । यहाँ उनले सेन डियागोको एक सफ्टवेयर कम्पनीका लागि काम गरेका थिए । १९९२ मा उनी बर्लिन फर्किए र एक वर्षपछि हमबोल्डट यूनिभर्सिटीमा प्रोफेसर बने ।

दुवैको दोस्रो विवाह

प्रोफेसर योआखिमले पहिले नै बिहे गरिसकेका थिए । उनको पहिलो श्रीमतीको नाम कहिल्यै सार्वजनिक भएन । उक्त बिहेबाट योआखिमका दुई बच्चा डेनियल र एड्रियन रहेका छन् ।

संसारका अन्य देशहरुको विपरित जर्मनीका राजनेताहरुको निजी जीवन साँच्चै नै निजी हुन्छ । उनीहरुको बारेमा सार्वजनिकरुपमा कमै कुराहरु सुनिन्छन् । रोचक प्रश्न यो छ कि आखिर योआखिम र एन्जेलाको भेट कहाँ भयो ? एन्जेलासँग पनि केमिस्ट्रीमा डक्टरेट डिग्री छ । सन् १९८१ मा उनीहरु दुवै क्वान्टम केमिस्ट्री रिसर्चमा सँगै काम गरिरहेका थिए ।

एन्जेलाको पहिलो बिहे १९८१ मा टुट्यो र त्यसपछि उनीहरु सँगै बस्न थाले । १९९८ मा उनीहरुले बिहे गरे । त्यतिबेला भनिएको थियो कि यो बिहेको पछाडि राजनीतिक कारण छ ।

राजनीतिक कारण

सायद चर्च र एन्जेलाको पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियनका केही सदस्यहरुको तर्पmबाट दवाव थियो । धेरै मानिसहरुलाई यो लागिरहेको थियो कि एक परम्परावादी पार्टीकी नेतृ बिहे नगरिकन कुनै पुरुषसँग बसिरहेकी छिन् ।

जर्मन अखबार ‘बिल्ड’ को एक रिपोर्टअनुसार योआखिम र एन्जेलाको बिहे यति गोप्य तरिकाबाट भएको थियो कि यसमा उनीहरुका घर–परिवार तथा साथीभाई कोही पनि सहभागी भएका थिएनन् ।

अखबारले यो पनि दावी गरेको छ कि एन्जेलाका केही साथीहरुलाई यो बिहेका विषयमा अखबारमा समाचार आएपछि मात्र थाहा भएको थियो ।

ह्याम्बर्ग शिखर सम्मेलन

यो हप्ता ह्याम्बर्ग समिटका क्रममा योआखिम र एन्जेलाले ट्रम्पको परिवारसँग एउटा रिसर्च सेन्टरमा जाने कार्यक्रम बनाएका थिए । तर ह्याम्बर्गको सडकमा ठूला–ठूला विरोध प्रदर्शनलाई ध्यानमा राखेर कार्यक्रम रद्द गरियो ।

भलै यसपाली योआखिमले आफ्नी पत्नीसँग उपस्थित हुन सहमति जनाएका थिए, तर सायद आउँदा कैयन् महिनाहरुमा फेरि उनी सार्वजनिकरुपमा देखिने छैनन् । आखिरले उनले पहिल्यै यो जनाउ दिइसकेका थिए कि श्रीमतीले जति राजनीतिक सिँढी उक्लिए पनि उनी यो चमक–दमकबाट टाढै रहनेछन् ।

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment