Comments Add Comment

सिड्नीमा राजदूत शेर्पाका तीन दिन

महावाणिज्य दुताबासको स्वागतदेखि एनआरएन चुनावको निरीक्षणसम्म

१२ जुलाई, सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा गत शुक्रबारदेखि सोमबार बिहानसम्म सिड्नीमा रहिन ।

राजदूत बनेर आएपछिको उनको यो राजधानी क्यानबेरा बाहिरको पहिलो भ्रमण थियो । शुक्रबार साँझ सपरिवार सिड्नी आएकी भएपनि उनी शनिबार र आइतबार यहाँका नेपाली समुदायका ब्यक्तित्वहरुसंग छलफलमै ब्यस्त भइन । यी तीन दिन सिड्नीमा उनको भब्य स्वागत भयो ।

नेपाली महावाणिज्य दुताबास न्यू साउथ वेल्सको आयोजनामा शुक्रबार राति भएको सम्मान कार्यक्रममा महावाणिज्यदूत दीपक खड्काले लक्की शेर्पा जस्तो विद्वान, गतिशील तथा समाजसेवी व्यक्तित्वलाई अस्ट्रेलियामा अविभावक पाउँदा यहाँको नेपाली समाज तथा महावाणिज्य दुताबास गौरवान्वित भएको बताए ।

अस्ट्रेलियामा भएका नेपाली समाजका अगुवाहरुको भब्य उपस्थिति भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिदै महावाणिज्य दुत खड्काले कुनै पनि भवनको निर्माण तथा सजावट राम्रो हुदैमा त्यो भवनलाई राम्रो भन्न नमिल्ने भन्दै त्यहा बिधुतको राम्रो ब्यबस्थापन हुनु पर्ने बताए ।

उनले अस्ट्रेलियामा बिकसित हुदै गरेको नेपाली समाजलाई पनि ज्ञान र अबिभावकत्व प्रकाश चाहिएको भन्दै त्यो प्रकाश राजदूत लक्की शेर्पाबाट प्राप्त हुने उनले बिस्वास ब्यक्त गरे ।

आफ्नो धन्यबाद तथा प्रत्युत्तर भाषणमा राजदूत शेर्पाले आफूले यहाँको नेपाली समुदायसंग हातेमालो गरेर काम गर्न चाहेको बताइन ।

योग्य जनशक्ति विदेशिदा चिन्ता

उनले आफ्नो भाषणको सुरुमै भाबुक हुदै भनिन-‘हाम्रो देशका योग्य चिकित्सक, इन्जिनिएर, ब्यबसायी, दक्ष पेसाकर्मी सबैलाई यहाँ भेट्दा निक्कै खुसी छु । तर, कहिलेकाँही यस्तो योग्य जनशक्ति यता भएर पो हाम्रो देशको बिकास नभएको हो कि भन्ने चिन्ता लाग्छ ।

उनले नेपाल अस्ट्रेलियाको लागि चौथो ठूलो विद्यार्थी पठाउने देश भए पनि यताबाट नेपालमा तर्फ योग्य जनशक्ति फिर्ता नभएकोमा चिन्ता ब्यक्त गरिन् । उनले अब आफ्नो प्राथमिकता दुई देशवीचको कुटनीतिक सम्बन्ध संगसंगै यहाँको नेपाली समुदायबाट नेपालका लागि हुनसक्ने काममा केन्द्रित हुने पनि बताइन ।

उनले अस्ट्रेलियाले बहुसांस्किृतिकतालाई निकै प्राथमिकता दिएको भन्दै नेपाल बहुसांस्कृतिक समाज अध्ययन गर्न बिश्वका लागि झन उपयुक्त देश भएको बताइन ।

उक्त स्वागत कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तरास्टि्रय परिषदका अध्यक्ष शेष घले, संरक्षक इन्द्रा वन, अस्ट्रेलियाको नेपाली समाजका पाका पुस्ताका अविभावक नारायण प्रधान, बरिस्ठ चिकित्सक डा. कुमुद धिताल, बरिस्ठ कानून ब्यबसायी शमशेरसिंंह थापा, जनजाति नेता गणेश तामांग, गोवा कटवाल, श्रीनापित लगायत अस्ट्रेलियामा भएका नेपाली समुदायका दर्जनौ नेता, ब्यबसायी र पेसाकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

नेपाली र अस्ट्रेलियन रास्टि्रय गीतबाट सुरु भएको कार्यक्रमको औपचारिक चरणपछि नेपाली गीत संगीत र नृत्यमा यहाँका नेपालीहरु संगै राजदूत शेर्पा पनि सहभागी भएकी थिइन ।

जनजाति मञ्चको सम्मान

शनिबार बिहान सिड्नीमा आदिबासी जनजाति मञ्च अस्ट्रेलियाले राजदूत शेर्पाको सम्मानमा कार्यक्रम गरेको छ ।

मञ्चका अध्यक्ष अरुण तामाङका अनुसार त्यहाँ सिड्नीमा भएका नेपाली जनजाति अगुवाहरुले स्वागत गर्नुका साथै नेपालमा संबिधान संशोधनमा ढिलाई भएको बिचार ब्यक्त गरेका थिए ।

नेपालको संबिधान अझै समावेसी हुन नसकेको भन्दै प्रवासमा भएका नेपाली जनजातिहरुको आवाज नेपालसम्म पुर्‍याउन राजदूत शेर्पाले सहयोग गर्ने अपेक्षा ब्यक्त गरेका थिए ।

राजदूत शेर्पाले देशबाट टाढा भएकाले सबै नेपाली समुदाय मिलेर बस्न अनुरोध गर्नुका साथै आफूले यहाका सबै नेपालीलाइर् समान ब्यबहार गर्ने र सहयोग गर्ने बताएको अध्यक्ष अरुण तामाङले बताए ।

एनआएएन अष्ट्रेलियाको चुनावको निरीक्षण

शनिबार दिउँसो उनले यहाँको ग्रान्भिलमा रहेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको नयाँ नेत्रित्वका लागि भएको चुनावको निरीक्षण गरिन । गैरआवासीय नेपाली नेताहरुका अनुसार राजदूत शेर्पा एनआरएन चुनाव स्थलमा आएर हौसला बढाउने पहिलो राजदूत हुन् ।

यहाँको चुनाव पूर्ण रुपमा अनलाइन थियो भने निर्वाचन संचालकहरु सबै नेपाली समुदायका बिज्ञहरु थिए ।

प्रमुख निर्बाचन आयुक्त डा. कृष्ण हमालले राजदूत त्यहाँ आएर निरीक्षण गर्नु आफ्नो टिमका लागि निकै हौसलाको बिषय भएको बताए ।

राजदूतसंगै गएका महाबाणिज्य दुत दीपक खड्काले भने ग्रान्भिल मै मतदान गरेका थिए । एनआरएन चुनाब कै दिन बिहान गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदका अध्यक्ष शेष घले पनि निरीक्षणमा पुगेका थिए ।

उनले दिउँसो भने आफ्नो निर्वाचन स्थल मेलबर्न पुगेर मतदान गरेका थिए । आइतबार बिहान राजदूत शेर्पा जनप्रगतिशील मञ्च अस्ट्रेलियाले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा पुगिन भने साझ यहाँको पहिलो नेपाली रेडियो हिमालएन रेडियोले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी भइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment