+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुल्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २९ गते ७:४०

२९, असार, चितवन । बुधवार दिउँसो साँढे ३ बजे खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन् ।

इच्छाकामना गाउँपालिका– ६ स्थित कालिखोला नजिकै चारकिलो भन्ने स्थानमा गएको सुख्खा पहिरो हटाउने प्रयास भइरहे पनि काम नसकिँदा सडक सञ्चालन आउन सकेको छैन् ।

बिहान ८ बजेबाट सडक दुवैतर्फी सञ्चालन गर्ने गरी खुलाउने प्रयास भैरहेको चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए । ‘फेरि पहिरो आएन भने ८ बजेबाट खुल्छ’ पन्तले भने, ‘ठूलो पहिरो माथिबाट सडकमा झरेको हुँदा पन्छाउन समय लागेको हो ।’

हिजोदेखि नै आयोजनाका डोजरहरुले पहिरो पन्छाउने काम गरिरहेका छन् । मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा डोजरले पहिरो पन्छाउने काम निरन्तर गरिरहेका छन् । जोखिम क्षेत्रमा फसेका सवारी साधानहरुलाई वान वे बनाएर राति नै गन्तब्यतर्फ पठाइएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?