Comments Add Comment

दिवंगत कांग्रेस नेता जोशीको शव पार्टी कार्यालयमा, आजै अन्त्यष्टि

३० असार, काठमाडौं । दिवंगत कांग्रेस नेता रामहरि जोशीको आज अन्तिम दाहसंस्कार गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर श्रदाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, जोशीको शव बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ ।

१० बजेपछि भने उनको शवलाई पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गर्ने कार्यक्रम छ ।

बिसं. १९८३ मा सर्लाही जिल्लामा जन्मिएका जोशीको बिहीबार साँझ उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको थियो । उनी लामो समयदेखि दम र निमोनियाबाट पीडित थिए ।

आजीवन पार्टी र प्रजातन्त्रका लागि लडेका जोशीले नौ वर्ष जेल जीवन बिताएका थिए । उनी २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत बनेका थिए । जोशी मूल्य, निष्ठा र इमानको राजनीति गर्ने नेताका रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment