Comments Add Comment

सेयर बजार २ प्रतिशतभन्दा धेरैले बढ्यो, कारोबार दोब्बरले बढ्यो


३ साउन, काठमाडौं । मंगलवार सेयर बजार परिसूचक नेप्से २.१४ प्रतिशतले बढेको छ । नेप्से ३४.२६ अंकले बढेर १६३८ बिन्दुमा पुगेको छ ।

सोमबार सरकारले स्थानीय तहलाई पहिलो किस्ताको रुपमा ७५ अर्ब निकासा गरेको खबर, कारोबारमा भ्याट तत्कालन नलाग्ने खबर, आर्थिक वर्ष अन्त्यसँगै कम्पनीहरुबाट प्रतिफल प्राप्त गर्ने अवधि नजिकिएको लगायतका कारणले बजार बढ्न थालेको हो ।

यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । कारोबारमा आएका १ सय ५५ मध्ये १ सय २९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

यसले पनि बजारमा असार मसान्तको सिजनल इफेक्ट देखिएको पुष्टि हुने विश्लेषकहरु बताउछन् ।

यसबाहेक ब्रोकरहरुले मार्जिन कर्जा वितरण गर्न सक्ने व्यवस्था गर्न धितोपत्र बोर्ड लागेको खबर लगायतले पनि बजारमा सकारात्मक ‘भाइभ’ दिएको छ ।

यस दिन कारोबार रकममा पनि उच्चले वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम दोब्बरले बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment