+
+

राजपा मोरङमा भाँडभैलो, कामत र कादिर समूहद्वारा एकअर्कामाथि कारबाही

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ साउन ३ गते १६:२६

३ साउन, विराटनगर । जिल्लामा पार्टीको नेतृत्व कसले गर्ने भन्ने विवादले राष्ट्रिय जनता पार्टीमा भाँडभैलो भएको छ ।

तत्कालीन मधेसी मोर्चामा रहेका ६ दल मिलेर बनेको राजपाले सबै पार्टीको अध्यक्ष रहने गरी अध्यक्ष मण्डल बनाउने र एक जनालाई संयोजक तोक्ने मोडल अपनाएको छ ।

मोरङ जिल्ला कार्यसमितिको संयोजकमा राधे कामत र मोहमम्द कादिर दुवैले दाबी गरेका छन् । सहमति जुट्न नसकेपछि दुवैले छुटाछुट्टै पत्रकार सम्मेलन गरी पार्टीको विधान विपरित गएको भन्दै एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन् ।

अध्यक्ष मण्डलका सदस्य कामतले आफू राजपा अध्यक्ष भएको दाबी गरेका छन् र, अध्यक्ष मण्डलका संयोजक मोहम्मद कादिरसहित केही केन्द्रीय नेताहरुलाई कारबाही गरेको घोषणा गरे ।

अर्को समूहले मोहम्मद कादिर नै अध्यक्ष मण्डलको संयोजक रहेको भन्दै राधे कामत समूहमाथि कारबाही गर्ने तयारी गरेको छ । कामत समूहले अराजक गतिबिधि गरेको भन्दै उनीहरुमाथि आवश्यक छानविन गरेर कडा कारबाही गर्ने उनीहरुको चेतावनी छ ।

राधे कामत समूहलाई अध्यक्ष मण्डलका सदस्यहरु श्रीराम कामत, मालबाबु सहनी, गयानन्द मण्डलका साथै महासचिव रामलाल सुतिहार, केन्द्रीय सदस्य सत्यनारायण साह, राजिव केसी लगायतको समर्थन छ । कादिर समूहलाई उपाध्यक्ष यदुवंश साह, महासचिव जगदिस अधिकारी, महासचिव दिलिप धाडेवा, केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गुप्ता, शंकरप्रसाद शाह लगायतले समर्थन गरेका छन् ।

राधे कामत राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीका पूर्वजिल्ला अध्यक्ष हुन् भने मोहम्मद कादिर तमलोपाका पूर्वजिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुन् ।

कामत समूहले सोमबार पत्रकार सम्मेलन मार्फत मोहम्मद कादिर समूहलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराएको थियो । कादिर समूहले पनि मंगलबार पत्रकार सम्मेलन गर्दै अराजक गतिविधि गरेको भन्दै कामत सहितका नेताहरुमाथि आवश्यक छानविन गरी कडा करवाही गर्न केन्द्रीय समितिमा सिफारिस गरेको जनाएको छ ।

विवादमा उत्रिएको दुबै पक्षले एकअर्कालाई पार्टी आन्दोलनमा भएको बेला भएको स्थानीय चुनावमा अर्को पार्टीका उम्मेदवारलाई भोट माग्न सहयोग गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?