Comments Add Comment

सहमतिपछि पुष्पलाल चोकदेखि बसपार्कसम्मको सडक निर्माण विवाद साम्य

१० साउन, नेपालगञ्ज । बाँके जिल्लाको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्जको पुष्पलाल चोकदेखि बसपार्कसम्मको सडक निर्माण विवाद समाधान भएको छ ।

फुटपाथ, नाला र सडक गरी ३० मिटर चौडाइ हुने गरी डिजाइन गरिएको सो सडकखण्ड २२ मिटरमा निर्माण गर्न थालिएपछि सो क्षेत्रका नागरिकस्तरबाट आरोप, प्रत्यारोप र विवाद हुँदै आएको थियो ।

एक सातादेखि विवादित बनेको सो सडकखण्डको निर्माण कार्य रोकिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले सरोकारवालासँग गरेको छलफलपछि २२ मिटर चौडाइमै निर्माण गर्ने सहमति भएको जनाइएको छ ।

नगर प्रमुख डा धवलशम्शेर राणाका अनुसार ३० मिटरमा बनाउँदा ९५ प्रतिशत नागरिकका घर संरचना भत्किने भएकाले सोही अवस्थालाई दृष्टिगत गरी २२ मिटरमा निर्माण गरिने सहमति गरिएको हो ।

छलफलमा बसपार्क सडक संघर्ष समितिका संयोजक लीलानाथ अधिकारीले सबैको सहमतिमा निर्माण कार्य अगाडि बढाउने सहमति भएकाले अब काम नरोकिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment