Comments Add Comment

रामचन्द्र पौडेल समूहले मन्त्रीको नाम बुझायो, बलबहादुर परेनन्

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले चार मन्त्रीको नाम बुझाएको छ । मन्त्रिपरिषद् विस्तार भोलि हुनेछ ।

पौडेल समूहले यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी र रामकृष्ण यादवको नाम बुझाएको हो ।

यसअघि चर्चामा रहेका बलबहादुर केसी मन्त्री बन्नेको सूचीमा परेनन् । यस्तै सरिता प्रसाई र कमला पन्तको नाम पनि चर्चामा थियो ।

तर, पार्टी सभापति शेरबहादुर देउवा समूहबाट महिला परेपछि पौडेल समूहबाट सरिता र कमला दुबै परेनन् ।

अरु को-को हुनेछन् मन्त्री ?

सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ वटा मन्त्रालय लिने सहमति सत्ता साझेदार दलहरुबीच भएको छ । कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् ।

बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक-एक जना मन्त्री बन्नेछन् ।

कांग्रेस निकट श्रोतका अनुसार देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् । यद्यपी मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायरको नाम अझै हेरफेर हुने सम्भावना रहेको स्रोतले बताएको छ ।

यस्तै सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग टुंगिएको छ ।

यो सरकार विस्तारमा माओवादीका मन्त्रीहरु पनि समेटिनेछन् । माओवादीले मन्त्रीको नाम टुंगो लगाइसकेका भनेको छ तर, अहिलेसम्म सार्वजनिक गरेको छैन ।

९ मन्त्रालय पाएको माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा प्रभाकर र शहरीविकास मन्त्री प्रभु साह भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment