+
+

प्रधानमन्त्रीको निर्देशन अवज्ञा, सिँचाइका ३७ कर्मचारी इटालीमा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १२ गते ६:५०

१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको ‘जम्बो टोली’ तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ । इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित ‘सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम’ विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन् ।

इटालीमा साउन ८ देखि सुरु उक्त कार्यक्रम २१ गतेसम्म सञ्चालन हुने आजको नागरिक दैनिकले लेखेको छ । ७ दिने तालिम र सात दिने अवलोकनका लागि छुट्याइएको छ ।

ती सबै कर्मचारी एसियाली विकास बैंक र विश्व बैंकबाट नेपाललाई प्राप्त हुने अनुदान सहयोग रकमबाट खर्च व्यहोर्ने गरी इटाली गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?