+
+
Shares

यस्तो बन्यो ‘ब्लाइन्ड रक्स’को फस्टलुक

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १३ गते ११:४९


अभिनेत्री वेनिशा हमाललाई मुख्य भूमिकामा प्रस्तुत गरिएको चलचित्र ‘ब्लाइन्ड रक्स’को फस्टलुक रिलिज गरिएको छ । नेपालमा पौष २८ गतेबाट रिलिज हुने यो चलचित्रको अगष्ट ५ मा बेलायतमा पि्रमियर गरिदैछ । बेलायत शोलाई ध्यानमा राख्दै चलचित्रको फस्टलुक रिलिज गरिएको हो ।

चलचित्रमा वेनिशा हमाल, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकारको मुख्य भूमिका छ । १६ बर्षमै डाक्टरको लापरवाहीका कारण आफ्नो दुबै आँखाको ज्योती गुमाएकी भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा यो चलचित्र निर्माण भएको हो ।

चलचित्रमा श्रृष्टीको भूमिका वेनिशाले काम गरेकी छिन् । निकेश लिम्बुको निर्माणमा तयार भएको यो बायोपिक चलचित्र धेरैका लागि प्रेरणा बन्ने निर्देशक मिलन चाम्सले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?