Comments Add Comment

भरतपुर प्रकरणः सर्वोच्चमा जवाफी बहस चल्दै

१५ साउन, काठमाडौं । भरतपुर महानगरपालिका १९ मा पुनः मतदान वा पुनः मतगणना भन्ने विवादको टुंगो लगाउन सर्बोच्च अदालतमा आज जवाफी बहस भइरहेको छ । जवाफी बहसपछि आजै अदालत निर्णय पुग्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध रिट दायर गरेका गुन्जमान विक पक्षका वकिलहरुले आज जवाफी बहस गर्दैछन् ।

जवाफी बहसमा भाग लिदै नेपाल बार एशोयिसयसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले ऐन पढेर केन्द्रीय योजना बनाएर कार्यन्वयन गरिएको अपराधिक कार्य भएकाले अदालतले अपराधिक कार्यलाई प्रोत्साह मिल्ने गरि ब्याख्या गर्न नहुने जिकिर गरेका छन् ।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा जवाफी बहस गर्दै भट्टराईले भने-निर्वाचन अधिकृतले तत्काल निकालेको सूचनामा मतगणनास्थल कब्जा भन्ने शब्द प्रयोग भएको छैन । अहिले अदालतमा लिखित जवाफ पठाउँका कब्जा भनिएको छ । यो भनेको सत्तापक्षबाट निर्देशित भएर आएको जवाफ हो ।

भट्टराईका साथै बरिष्ठ अधिवक्ता शतिशकृष्ण खरेलले प्रतिपक्षविरुद्ध सत्तापक्षले बनाएको केन्द्रीय योजना अनुरुप भरतपुरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेको भन्दै पुनः मतदान गराउने योजना अनुरुप भएको अपराधकर्मलाई प्रोत्साहन गर्नु नहुने जिकिर गरेका छन् ।

उनीहरुले चितवन जिल्लाका प्रहरी प्रमुख दिपक थापाले दिएको बयानमा पनि मतगणनास्थल कब्जा भएको भन्ने नदेखिएको जिकिर गरेका छन् । जवाफी बहस रिट निवेदकका पक्षबाट मात्र हुनेछ ।

जवाफी बहसपछि आजै भरतपुर प्रकरणमा अदालत टुंगोमा पुग्न सक्छ ।

अदालतमा भरतपुर १९ को मतपत्र च्यातेको अभियोग लागेका माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानको मुद्दाको फाइलको मिसिल समेत पेश भएको छ ।

भरतपुर महानगरपालिकाको वैशाख ३१ मा भएको निर्वाचनमा एमालेका देवी ज्ञवाली र कांग्रेस माओवादीकी साझा उम्मेदवार रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा भइरहेको थियो । मतगणनाक्रममा २९ मध्ये २७ वडाको परिणाममा एमालेका ज्ञवाली माओवादीकी रेणुभन्दा ७८४ मतले अगाडि थिए ।

वडा नम्बर १९ को गणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगका अनुसार ९० मतपत्र च्यातिएका छन् । एमालेले मतगणनाको माग गरेको छ भने कांग्रेस माओवादीले पुनः मतदान मागेका थिए ।

निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि एमालेका १९ नम्बर वडाका सदस्य उम्मेदवार गुन्जमान विक अदालत गएका थिए । जेठ १४ गते मतपत्र च्यातिएकोमा अहिलेसम्म यो विषय अदालतमै छ । वडा नम्बर २० को भने मतगणना भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment