Comments Add Comment

अर्घाखाँची जिससमा कांग्रेस-माओवादी गठबन्धन

कांग्रेसले आकांक्षीको नाम केन्द्रमा पठायो

१६ साउन, अर्घाखाँची । अर्घाखाँची जिल्ला समन्वय समिति जिससको चुनावका लागि कांग्रेस र माओवादीले गठनबन्धन गरेका छन् ।

जिल्लाका ६ स्थानीय तहमध्ये ४ स्थानीय तहको प्रमुख र २ उपप्रमुख जितेको कांग्रेस र १ प्रमुख र दुई उपप्रमुख जितेको माओवादी तालमेल भएसँगै प्रष्ट बहुमत भएको छ ।

४ स्थानीय तह जितेर जिल्लाको सबैभन्दा ठूलो दल बनेको कांग्रेसले जिल्ला समन्वय समितिको नेतृत्व लिनका लागि एउटा भोटको कमी भएसँगै तालमेल गरेको हो ।

कांग्रेसले जिससको संयोजक सहित ६ वटा महिला सदस्य र माओवादीले सहसंयोजक सहित ३ वटा पुरुष सदस्य लिएर तालमेल भएको कांग्रेेस जिल्ला उपसभापती शान्ता भण्डारीले जानकारी दिइन् ।

स्थानीय तहमा तालमेल गरेर लडेका कांग्रेस र माओवादीको कार्यपालिका हुँदै जिल्ला समन्वय समितीमा आउँदासम्म तालमेल जारी रहेको छ ।

एमालेबाट एक प्रमुख र दुई उपप्रमुखमा गरी ३ जना निर्वाचित भएका छन् ।

स्थानीय तहमा कांग्रेस र माओवादी तालमेल हुनुभ्ान्दा पहिले नै समन्वय समितिमा गठबन्धन गर्ने भनेर सहमति भइसकेको कांग्रेसका एक नेताले बताए ।

कांग्रेसले आकांक्षीको नाम केन्द्रमा पठायो

जिल्ला समन्वय समितिको संयोजक बन्नका लागि कांग्रेसबाट आकाक्षीहरु देखा परेका छन ।

कांग्रेसका पूर्व जिल्ला सभापति पिताम्बर भुसाल पनि वडा सदस्यबाट निवार्चित भए । उनी समन्वय समितीको दाबेदार हुन ।

सितगंगा नगरपालिकाबाट संयोजकका दाबेदारमा वडा सदस्यमा विजयी भएका जिल्ला सचिव छबिलाल पौडेल पनि छन् ।
त्यस्तै कांग्रेसका पूर्व जिल्ला उपसभापति हरिहर आचार्य पनि आकांक्षीका रुपमा देखिएका छन ।

जिससको संयोजकका लागि धेरै आकांक्षी भएकोले कांग्रेस जिल्ला कार्यसमितिले उम्मेदवार चयन गर्ने सम्भावना न्यून छ, आकांक्षीको नाम केन्द्रमा पठाएको छ ।

संयोजकमा छविलाल पौडेल, पिताम्बर भुसाल र हरिहर आचार्यको नाम पठाएको छ । सदस्यमा खडानन्द पौडेल, चोपबहादुर घम, दिनामणि पाण्डे, पशुपती कुँवर, विष्णु भुसाल, भरतमणि गिरी, समशेरदिन मियाँ र ज्ञानबहादुर पाण्डेय तथा महिला सदस्यका लागि गीता पोख्रेल, झमकुमारी श्रेष्ठ, देउमायाँ नेपाली, निर्मला पाण्डे, राधिका घिमिरे, लक्ष्मी पौडेल, लक्ष्मी विक र सुन्दरा परियारको नाम जिल्ला कार्यसमितिले सिफारिस गरेको सचिव विष्णु भुसालले बताए ।

कांग्रेस र माओवादी गठबन्धनसँगै प्रष्ट बहुुमत पुग्ने भएपछि एमालेबाट भने आकांक्षी देखिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment