Comments Add Comment

एनआरएनए जापानको सचिवमा उम्मेदवारी दिने लामिछानेको घोषणा

३१ जुलाई, टोकियो । गैरआवसिय नेपाली संघ (एनआरएनए) जापानको आठौं अधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने आकांक्षीहरुको लर्को लाग्न थालेको छ ।

एनआरएनए जापानको बर्ष २०१७-१९ का लागि बाशुदेव लामिछानेले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

बिद्यार्थी भिषामा जापान छिरेका चितावनका लामिछानले आफ्नो उम्मेदवारीको घोषणापत्र सार्वजनिक गर्दै बिद्यार्थीदेखि कुकसम्मका समस्यालाई सम्बेाधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जापानमा युवा व्यवसायीको रुपमा लोकपि्रय रहेका लामिछाने सन् २००९ सालदेखि यस अभियानमा लागेको घोषणापत्रमा उल्लेख गरेका छन् । उनले एनआरएनए जापानको क्षेत्रिय सदस्य हुँदै सोही क्षेत्रमा दुई कार्यकाल सचिव पदमा रहेर काम गरेको अनुभव समेत साटेका छन् ।

लामिछानेले घोषणापत्रमा आफु जापानका मुख्य राजनितिक दलका साझा उम्मेदवार भएको समेत दावेदारी गरेका छन् ।

बिद्यार्थी कालदेखि नै सामाजिक कार्यमा संग्लन हुँदै आएका लामिछानेले एनआरएनए जापानको बिधि र बिधानको उल्लंघन गर्दै एकमुष्ठ शुल्क राखेर सयौं व्यक्तिलाई सदस्य बनाउनेदेखि निर्वाचनअघि मात्र सदस्यता वितरण गर्ने कार्यलाई सबरदारी गर्ने समेत बताए ।

त्यस्तै लामिछानेले नेपालको पर्यटन प्रबर्द्धनमा जोड दिंदै नेपालमा वैदेशिक लगानी भित्र्याउन आफुले लगानीकर्तासँग समन्वय गरि लगानीका लागि प्रोत्साहन गर्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment