१७ साउन, बुटवल । दैनिक ६ घण्टा लोडसेडिङ गराएको भन्दै स्थानीय बिरोधमा उत्रिएपछि रुपन्देहीको मंगलापुर क्षेत्र तनावग्रस्त बनेको छ ।
लोडसेडिङको बिरोधमा मंगलापुरका जनताले बुटवल-भैरहवा सडक खण्ड बन्द गराएपछि खुलाउन पुगेको प्रहरीसँग झडप भएको थियो ।
झडपमा ४ प्रहरी र १५ प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले सवारीसाधन तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्नुका साथै अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीले अनलाइनखबरलाई बताए । अहिले सडक खुलाउने प्रयास भइरहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4