Comments Add Comment

भरतपुर १९ मा ६ मतदान केन्द्र, यस्तो छ दलहरुको हिसाब

१८ साउन, चितवन । झण्डै २ महिना लामो विवाद टुंगिएसँगै भरतपुर महानगरपालिका वडा नः १९ मा साउन २० गते शुक्रबार पुनः मतदान हुँदैछ । चुनाव प्रचारको समय नै उपलब्ध नहुने गरी निर्वाचनको मिति घोषणा भएसँगै दलहरु निर्वाचनको आन्तरीक तयारीमा जुटेका छन् ।

निर्वाचन आयोगले पुनः मतदानको निर्णय गससँगै कांग्रेस माओवादी गठवन्धनकी मेयर उम्मेदवार रेणु दाहाल निर्वाचन प्रचारप्रसारमा जुटेकी थिइन् । एमाले उम्मेदवार देवी ज्ञवाली पनि मतपत्र च्याँत्ने माओवादी कार्यको बिरोध र भण्डाफोर भन्दै जनताका बीचमा गइरहेका थिए ।

२७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेका मेयरमा उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी-कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ ।

३ मतदान स्थल, ६ वटा मतदान केन्द्र

वडा नम्वर १९ मा ३ वटा मतदानस्थल तय गरिएको छ, जहाँ ६ वटा मतदान केन्द्र रहनेछ । जसमा जीवनज्योति राप्रावि गुञ्जनगर, शारदानगर उच्च मावि शारदानगर र किरणगञ्ज मावि रानीपोखरी रहनेछन् ।

जीवनज्योति राप्रावि केन्द्रमा १३ सय मतदाता छन् भने, शारदानगरमा १२४१ र किरणगञ्जमा १२४३ मतदाता छन् । यसअघि वडा नः १९ मा २ हजार ८६० मत खसेको थियो । वडा नः १९ मा ३ हजार ७९७ मतदाता छन् ।

जलाइयो वडा नः १९ को मत !

भरतपुर महानगरपालिका वडा नः १९ का जनताले गएको बैशाख ३१ गते दिएको मत जलाइएको छ ।

जेठ १४ गते राती मतगणनाका क्रममा बसेका माओवादीका प्रतिनिधीहरु द्रोण सिवाकोटी र मधु न्यौपाने लगायतले मतपत्र च्याँतेपछि निर्वाचन आयोगले वडा नः १९ का सबै मतलाई बदर घोषणा गरेको थियो । राजनीतिक दलहरु, मूख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापाको उपस्थितीमा मतगणनास्थलमा जनताको मत जलाइएको हो ।

भरतपुरको हिसाब गर्दा

गठवन्धन गरेपनि भारतपुरमा कांग्रेसको सबै मत माओवादी उम्मेदवार रेणु दाहालले पाइनन्् । उम्मेदवारी दर्ता भइसकेको अवस्थामा तालमेल गर्नु र असन्तुष्टि मिलाउन नसक्दा पनि तालमेल प्रभावकारी भएन । अर्कोतर्फ सानो पार्टीको मत ठूलो पार्टीलाई खन्याउन जति सजिलो हुन्छ ठूलो पार्टीको मत सानोलाई खन्याउन उत्ति नै असजिलो ।

भरतपुरमा कांग्रेस र माओवादीको अलग अलग मत जोड्ने हो ५६ हजार १४ हुन आउँछ ।

जबकी एमाले मेयर उम्मेदवार देवी ज्ञवालीको मत ४१ हजार छ सय ४१ मात्रै ल्याएका छन् ।

वडा नम्वर १९ को १८ सय मत गणना गर्दासम्म एमाले वडाध्यक्षहरुले पाएको मतभन्दा ४ हजार ८ सय ६६ मत देवी ज्ञवालीले बढी ल्याएका थिए । मुलत वडाध्यक्षहरुले ल्याएको मतलाई नै सो पार्टीको आधिकारीक मत मानिन्छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३६ हजार २० मत, एमालेका वडाध्यक्षहरुको कुल मत ३६ हजार ७७५ र माओवादीका वडाध्यक्षहरुको मत १९ हजार ९९४ छ ।

रेणु दाहालले प्राप्त गरेको ४० हजार ९ सय ८ बाट माओवादी वडाध्यक्षहरुले पाएको मत घटाउँदा बाँकी रहेको २० हजार ९ सय १४ मत कांग्रेसको हुन आँउछ । जवकी कांग्रेसका वडाध्यक्षहरुको मत नै ३६ हजार २० छ । यसो हेर्दा कांग्रेसको १५ हजार १ सय ६ मत रेणुलाई गएको छैन ।

यस्तै माओवादीले पनि कांग्रेसकी उपमेयर उम्मेदवार पार्वती शाहलाई मत दिएका छैनन् । शाहले ४४ हजार ९३५ मत ल्याएकी छन् । माओवादीले कांग्रेसलाई ८ हजार ९ सय १५ मत मात्रै दिएका छन् भने ११ हजार ७९ मत कांग्रेस उपमेयर उम्मेदवार शाहलाई दिएका छैनन् । बरु एमालेका मेयर र उपमेयर दुबै उम्मेदवारहरुले पार्टीका वडाध्यक्ष उम्मेदवारले भन्दा बढि मत पाएका छन् । उपमेयर उम्मेदवार दिब्य शर्मा आर्चायले पाएको ३८ हजार २५२ मत एमाले वडाध्यक्ष उम्मेदवारहरुको कुल मतभन्दा १४७७ मत बढि छ । एमाले मेयर उम्मेदवार देवी ज्ञवालीले वडाध्यक्षहरुको कुल मत भन्दा ४८ सय ६६ मत बढि छ ।

तर, वडा नम्बर १९ को मत बदर भइसकेको छ । अब त्यहाँ नयाँ मत कस्तो आउँदा हेर्न बाँकी छ । तर, कांग्रेस नेताहरुको दाबी छ कि अब कांग्रेस कार्यकर्ताले माओवादी उम्मेदवार रेणु दाहाललाई नै भोट हाल्नेछन् । एमालेले भने मत च्यातेको भन्दै कांग्रेसको मत आफूतिर तान्ने प्रयास गरेको छ ।

वडा नः १९ को गणना अघिसम्म देवी ज्ञवालीले रेणु दाहालले भन्दा ७८४ बढी मत पाएका छन् । साथै २० नम्बर वडाको मत गणना गर्न बाँकी नै छ, जुन लामो समयदेखि ढ्वांगमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment