Comments Add Comment

नेपाल हाइड्रोको सेयर साउन २७ गतेबाट


१८ साउन, काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले साउन २७ गतेबाट सर्वसाधारणको लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँका ३ लाख ९० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

 
यसमध्ये कम्पनीका कर्मचारीको लागि ७ हजार ८ सय कित्ता र सामूहिक लगानी कोषहरुको लागि १९ हजार ५ सय कित्ता सेयर छुट्याइएको छ ।

 
कम्पनीको सेयर चाँडोमा ३२ गते र ढिलोमा भदौं २५ गतेसम्म खुला रहनेछ । कम्पनीको सेयरमा ५० कित्ता देखि १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । कम्पनीले स्थानीयको लागि यसअघि नै सेयर जारी गरिसकेको छ । सेयर जारीसँगै कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

 
कम्पनीको ३.५२ मेगावाटको चर्नावती जलविद्युत आयोजना सञ्चालनमा रहेको छ । कुल ६७ करोडमा निर्माण भएको यस योजनाको लागत प्रति मेगावाट १९ करोड रहेको छ । कम्पनीको प्रवद्र्धकहरुमा व्यवसायी ज्ञानेन्द्र लाल प्रधान र पशुपती मुरारका रहेका छन् ।

 
कम्पनीले गत चैतसम्ममा विद्युत बिक्रीबाट ८ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ । आव २०७३/७४ मा प्रतिसेयर आम्दानी ८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

 
कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको समग्रमा आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment