+
+

जिसस जाजरकोटमा माओवादीका रावल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १८ गते १४:१९

१८ साउन, जाजरकोट । जिल्ला समन्वय समिति जिसस जाजरकोटको संयोजकमा माओवादी केन्द्रका नेता मनबहादुर रावल विजयी भएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका गठबन्धबाट रावल संयोजकमा विजयी भएको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत लिलाराज धिकारीले जानकारी दिए ।

त्यस्तै सहसंयोजकमा नेपाली कांग्रेसका नेता ज्ञानीप्रसाद शर्मा निर्वाचित भएका छन् । जिससको खुल्ला सदस्यमा नेपालीका कांग्रेसका कलदर सिंह, तेजविक्रम शाह र माओवादीमा तर्फबाट उम्मेदवार बनेका बीरबहादुर रावत निर्वाचित भएका छन् ।

महिला सदस्यमा माओवादी केन्द्रका गरिमा शाही र सरस्वती बिष्ट र नेपाली कांग्रेसकी जनकेरी दमाई र दलित सदस्यमा नेपाली कांग्रेसका जनकबहादुर नेपाली निर्वाचित भएको मुख्य निर्वाचन कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

नेकपा एमालेका तर्फबाट जिल्ला समन्वय समितिको संयोजकमा गोरेबहादुर कार्की र सहसंयोजकमा कमला कुमारी शाहीले मनोनयन पत्र दर्ता गराएका थिए ।

जाजरकोटका ७ वटा स्थानीय तहमध्ये कुनै पनि दलको एकलौटी बहुमत नआएपछि जिससमा नेपाली काँग्रेस र माओवादी केन्द्रवीच गठबन्धन भएको हो ।

जाजरकोटमा एमालेले ३ र माओवादी कांग्रेसले २/२ वटा स्थानीय तहमा जितेका छन् । साेही अनुसार जिससको निर्वाचनका लागि एमालेसंग ६ र माअोवादी-कांग्रेससँग ८ मत थियो ।

पत्रकार नरेश रानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?