Comments Add Comment

ट्रान्सफर प्रक्रिया अघि बढाउन नेइमारले अनुमति पाए

१८ साउन, काठमाडौं । बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमारले विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा ट्रान्सफरका लागि छलफल गर्ने अनुमति पाएका छन् ।

ब्राजिलका सुपरस्टार नेइमारले बुधबारको प्रशिक्षण सत्रका क्रममा टिममेटलाई आफू स्पेनिस क्लव छाड्न चाहेको बताएका थिए ।

सुखद भविश्यको कामना गर्दै बार्सा प्रशिक्षक एर्नेष्टो भाल्भर्डेले उनलाई अनुमति दिएको बीबीसीले जनाएको छ ।

२५ वर्षीय स्ट्राइकर नेइमारका लागि बार्सिलोनाले २२२ मिलियन युरोको ट्रान्सफर मूल्य तोकेको छ र फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मिन उनका लागि त्यति मूल्य तिर्न तयार रहेको बताइएको छ ।

दुई दिनअघिसम्म बार्सिलोनाले यदि पिएसजीले नेइमारलाई अनुबन्ध गरेमा फाइनान्सियल फेयर प्लेको मुद्धा दायर गर्ने सोच बनाएको थियो । तर दुई दिनपछि उनले आफ्नो निर्णय परिवर्तन गर्दै नेइमार बेच्ने भएको छ ।

त्यसअघि ला लिगाका अध्यक्ष जाभियर तेवासले स्पेनिस पत्रिका मुण्डो डेपुर्टिभोसँग कुरा गर्दै नेइमारको ट्रान्सफर तोकिएकै मूल्यमा भए फ्रान्सेली लिग वानविरुद्ध युरोपेली फुटबल महासंघले कारबाही नगरे कानूनी उपचार खोज्ने चेतावनी दिएका थिए ।

उनले पिएसजीका अध्यक्ष नसर अल खेलिफीले पनि स्पेनिस लिगको महत्व बुझ्न अनुरोध गरेका थिए ।

नेइमार सन् २०१३ मा ४८.६ मिलियन पाउण्डमा ब्राजिलबाट २४ पटकको ला लिगा च्याम्पियनसँग अनुबन्ध भएका थिए ।

उनका प्रतिनिधि वाग्नर रिबेरोले बुधबार बिहान पेरिसबाट ट्वीट गर्दै भनेका छन् कि उनका क्लाइन्टले नेइमारका लागि कर छुटसहित ६ लाख ५० हजार पाउण्ड प्रतिसाताको प्रस्ताव गरेका थिए ।

नेइमारको सम्भावित ट्रन्सफरको हल्ला केहिदिन अघिमात्रै भएको थियो । त्यतिबेला बार्साका अध्यक्ष जोसेप मारिया बार्टोमेउले उनी बार्सिलोनामै रहने बताएका थिए ।

व्यवसायिक प्रतिबद्धता पूरा गर्नका लागि चीनको यात्रामा जानुभन्दा अघि नेइमारले क्याटलान क्लवका लागि पि्र-सिजन टूर अन्तर्गत अमेरिकामा इन्टरनेशनल च्याम्पियन्स कप खेलेका थिए ।

मंगलबार स्पेन पुगेका नेइमार बुधबार क्लवको प्रशिक्षण सत्रमा सामेल भएका थिए ।

बार्सिलोनाका लागि उनले १०५ गोल गरेका छन् र त्यसबीचमा दुई पटक ला लिगा, ३ पटक कोपा डेल रे र १ पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment