Comments Add Comment

नारायणगढ-मुग्लिन सडकखण्ड अझै सुचारु हुन सकेन

पहिरो पन्छाउनै मुस्किल, आज खुल्ने सम्भावना न्यून

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक । फाइल तस्वीर

१९ साउन, चितवन । अविरल बर्षाका कारण झरेको पहिरोले अबरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड अझैसम्म सुचारु हुन सकेको छैन ।

नारायणगढ मुग्लिन सडक आयोजना र जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सडकखण्डमा पहिरो ठूलो झरेकोले पन्छाउन नै मुस्किल भएको छ । मुग्लिनबाट ३ किलोमिटर नारायणगढ तर्फ कालिखोला र तोपेखोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो झरेको छ ।

बुधवार साँझ सवा ७ बजे कालिखोलामा पहिरो झरेको थियो भने तोपेखोलामा मध्यरात पहिरो झरेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

कालिखोला भन्दा यता विभिन्न स्थानमा झरेको पहिरो भने पन्छाइएको छ । ५ वटा लोडर पहिरो पन्छाउन खटिएका छन् ।

कालिखोलामा पहिरो जाने क्रम जारी रहेकोले मुग्लिन साइट तर्फबाट पहिरो पन्छाउने काम नै थालिएको छैन । ‘पानी परिरहेको छ, पहिरो झरिरहेको छ, पन्छाउन जान सक्ने अवस्था नै छैन’ साइटमा नै रहेका आयोजना सूचना अधिकारी खनालले अनलाइनखबरसँग भने, ‘आज दिनभरमा सडक खुल्ने सम्भावना निकै कम छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले पहिरोका कारण रोकिएका सवारी साधानहरुलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको जानकारी दिए । मुग्लिनबाट पहिरो गएको क्षेत्रभन्दा उता रोकिएका सबै सवारी साधनलाई फर्काइएको छ ।

नारायणगढतिरबाट गएका अलपत्र यात्रु र सवारीहरुलाई पनि नारायणगढ फर्काउने प्रयास भएको प्रमुख पन्तले बताए । भरतपुरतर्फबाट साँझ ६ बजे र मुग्लिन तर्फबाट साँझ ७ बजे नारायणगढ मुग्लिन सडकखण्डमा सवारी साधान प्रवेश नदिने भएकोले कम सवारी साधानहरु मात्रै सडकखण्डमा रहेको ट्राफिक प्रमुख पन्तको भनाइ छ ।

वुधवार बेलुकाबाट नारायणगढबाट जाने सवारीलाई दासढुंगा र रामनगरमा रोकिएको र बिहान आएका सवारीहरुलाई केन्द्रिय वसटर्मिनल भरतपुर र गैंडाकोट क्षेत्रमा रोक्न लगाइएको ट्राफिक प्रमुख पन्तले जानकारी दिए । अन्यत्र जिल्लाबाट आउने सवारीलाई डाइर्भट गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment