Comments Add Comment

सुनसरी-मोरङ औद्योगिक करिडोरका १०० ठूला उद्योग बन्द


१९,साउन,विराटनगर ।  सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा सञ्चाल भएका एक सय ठूला उद्योगहरु बन्द भएका छन् ।

वि.स. २०५८ सालसम्मा यस औद्योगिक करिडोर क्षेत्रमा निर्यातमुखी ठूला उद्योगको संख्या १ सय ५० वटा रहेकोमा अहिले जम्मा ५० वटा मात्रै रहेका छन् ।

१५ वर्षको अवधिमा करिडोरमा १०० वटा निर्यातमूखी ठूला उद्योगहरु बन्द भएको उद्योग संगठन मोरङका कार्यकारी सचिव सोम अधिकारीले जानकारी दिए ।

उद्योग विभागकोे तथ्याङक अनुसार सुनसरी-मोरङ औद्योगिक करिडोरमा अहिले ६६५ उद्योग सञ्चालनमा छन् । जसमध्ये ठूला र मझौला गरी १५० र बाँकी साना उद्योग मात्र सन्चालनमा छन् ।

उद्योग संगठन मोरङका कार्यकारी सचिव अधिकारीका अनुसार मुख्यतय २५ बढी निर्यातमुखी उद्योगहरु र अन्य गार्मेट, कपुर,वनस्पती घ्यु,ममवत्ती उत्पादन गर्ने ठूला क्षमताका उद्योग समेत अब बन्द हुने भएका छन् । जसमा बन्द भएका उद्योगहरुमा कम्तीमा १५ अर्व लगानी भएको थियो ।

१५ वर्षयता यो करिडोरमा भएका ठूलो उद्योग बन्द हुनुका साथै नयाँ ठूला उद्योग समेत सन्चालनमा आउन सकेका छैनन् ।

ठूला उद्योग सन्चालन गर्न खर्च पनि ठूलो हुने र लगानी सुरक्षा समेत नहुने हुँदा नयाँ उद्योग सन्चालनमा नआएको कार्यकारी सचिव अधिकारीले बताए । ‘उद्योगको संरक्षण नहुने, तर अर्बौं खर्चेर नयाँ-नयाँ भौतिक संरचना निर्माण तर्फ भन्दापनि भएका उद्योगको उत्पादन क्षमता विस्तारमा उद्योगी व्यवसायी लागेको देखिएको छ । अधिकारीले भने ।

जग्गाको मूल्य बृद्धिको मारमा लगानी कर्ता

व्यवसायीहरुले जग्गाको मूल्य बृद्धि भएकोले पनि नयाँ उद्योग सन्चालन गर्न नसकेको बताउने गरेका छन् ।

उद्योगमा लगानी गर्ने रकम जग्गामा लगानी गर्नुपर्ने भएकोले पनि समस्या भएको उनीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनास वोहराले नयाँ उद्योग स्थापनाका लागि वाहिर क्षेत्रवटा लगानीकर्ता आउने वातावरण नहुँदा ठूला उद्योग स्थापनामा कठिनाई भएको वताए । ‘मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मूल्य वृद्धिका कारण लगानीकर्ताले उद्योग स्थापना गर्न सकेका छैनन् ।’ उनले भने ।

उद्योगी व्यावसायीका अनुसार पछिल्लो समय प्रदेश नं १ को संघीय राजधानी विराटनगर हुने चर्चासँगै यस क्षेत्रमा जग्गाको मूल्य अत्यधिक बढेको छ ।

उद्योग संगठन मोरङ वरिष्ठ उपाध्यक्ष भिम घिमिरेले विराटनगर-इटहरी सडकखण्ड छेउछाउमा जग्गा खाली नभएको बताए । भएको जग्गा पनि अत्यन्तै महङ्गो भएको उनको भनाइ छ । ‘अधिकांश उद्योग यही क्षेत्रमा सञ्चालनमा छन् । कोसी राजमार्ग छेउछाउ प्रतिकठ्ठा जग्गाको मूल्य कम्तिमा तीस/चालिस लाख पर्छ,’ उनले भने,’एउटा उद्योग स्थापनाका लागि चार/पाँच बिगाहा जग्गा आवश्यक पर्छ । जग्गा खरीदमै १०/११ करोड खचिर्नूपर्ने अवस्था रहेको छ ।’

उनले यस्तो अवस्थामा आफूहरुसँग भएको र बैङ्कबाट लिएको ऋण जग्गा खरीदमै खर्च हुने स्थिति रहेको भन्दै लगानीकर्ता उद्योग क्षेत्रमा गर्ने लगानी अन्यमा जाने सम्भावना भएको बताए ।

विशेष आर्थिक क्षेत्रको माग

मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले विगत लामो समयदेखि यहाँका उद्योगीले विशेष आर्थिक क्षेत्र -सेज) र औद्योगिक क्षेत्र घोषणाको माग गर्दै आएको बताए ।

सरकारले विशेष आर्थिक क्षेत्र स्थापना गरे जग्गा खरिद गर्ने पूँजी उद्योगमा लगानी हुने सारडाको भनाइ छ । सरकारको स्वामित्वमा रहेको नेशनल टे्रडिङ र विराटनगर जुटमिलको जग्गामा विशेष आर्थिक क्षेत्र स्थापना गर्न उद्योगीले माग गर्दै आएका छन् ।

वर्सेनी बजेट अघि उद्योगीले संस्थागत रुपमै विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाको माग गर्ने गरेका छन् ।

उद्योग विभागका अनुसार सुनसरी-मोरङ औद्योगिक करिडोरमा ५ सय करोड रुपैयाँ उद्योगमा लगानी छ ।

मोरङ-सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कटपाता, प्लाष्टिकका सामान, सिमेण्ट, दाना, बिजुलीको तार, जिआइ पाइप, चामललगायत वस्तु उत्पादन गर्दैआएका छन् । उक्त क्षेत्रका उद्योगमा ८० हजार भन्दा बढीले रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment