+
+

अभाव टार्न एनआइसी एशियाले किन्यो १० लाख डलर

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १९ गते १७:३१


१९ साउन, काठमाडौं । बजारमा महिनौं अगाडी देखिको डलर अभाव समस्या समाधानको लागि एनआइसी एशिया बैंकले आफैले नगद डलर खरिद गरेर ग्राहकहरुको माग पुरा गर्न थालेको छ ।

 

‘हामीले करिब नगद १० लाख डलर ( करिब १० करोड रुपैयाँ) किनेर ल्याएका छौं, ग्राहकहरुलाई यसले सहज हुनेछ,’ बैंकका एक उच्च अधिकारीले भने । डलर अभाव भएपछि गत वर्ष नै बैंकहरुले नै डलर खरिद गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरिदिएको थियो ।

 

बैंकको तहबाट नेपालमै पहिलो पटक आफ्नो बैंकले नगद डलर खरिद गरेर ग्राहकलाई सुविधा दिन थालेको बैंकको दाबी रहेको छ ।

 

राष्ट्र बैंकको नियमानुसार नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानी वापत २ हजार ५ सय अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ ।

 

बंैकले हालका लागि आफ्नो काठमाडौं भित्रका सम्पूर्ण ३२ शाखा कार्यालयहरु तथा उपत्यका बाहिरका शाखा कार्यालयहरु (विराटनगर, वीरगंज, धरान, पोखरा, नेपालगंज, नारायणगढ, बुटवल आदि) बाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

 

साथै, यस बैंकले विदेश जाने ग्राहकहरुलाई भिसा इन्टरनेशनल डेबिट कार्ड मार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ ।

 

बंैकले आफ्ना ग्राहकवर्गको आवश्यकताहरु पहिचान गरी सोलाई सम्बोधन गर्न समयानुकुल उच्चतम सेवा तथा सुविधा प्रदान गर्नका लागि सदैव प्रयासरत रहँदै आएको बताएको छ । भविष्यमा समेत ग्राहकवर्गको आवश्यकता बमोजिम नयाँ नयाँ सेवा, सुविधाहरु थप गर्दै जाने बंैकको रणनीति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?